धनगढी, २४ भदौ । मोहना नदीमा फेला परेको शव धनगढीबाट बेपत्ता भएकी आस्था शर्माको रहेको खुलेको छ। सोमबारबाट बेपत्ता रहेकी धनगढी उपमहानगरपालिका-१३ की १५ वर्षीया शर्मा शुक्रबार बिहान मोहना नदीमा मृत भेटिएकी हुन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

सोमबार उनी विद्यालय जान्छु भनेर घरबाट हिँडेकी थिइन्। त्यसपछि बेपत्ता भएकी उनको खोजीको लागि प्रहरी टोली खटिएको थियो। खोज्ने क्रममा आज उनको शव भारततर्फको हल्दुघाटस्थित मोहना किनारमा फेला परेको हो ।

 

शवले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको कैलाली प्रहरीले जनाएको छ। उक्त कागजमा कविता लेखिएको र कविताको अन्त्यमा आस्था शर्मा लेखिएको शव फेला परेको एक प्रहरी जानकारी दिए।

 

उनका अनुसार मृतकका आफन्त घटनास्थल पुगेका छन्। प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here