नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छन् । काठमाडौं ६ बाट नेकपा एमालेको आधिकारिक उम्मेदवार बनेका खनाल पूर्वप्रहरी प्रमुख भएका कारण पनि चर्चामा छन् । कुनै बेला इन्काउन्टर स्पेसलिस्टको समेत उपाधि पाएका खनाल केही समयअघि मात्र औपचारिक रुपमा एमालेमा प्रवेश गरेका थिए ।

मंसिर ४ को निर्वाचनमा ३० वर्षे सेवा अवधि पूरा गरेर प्रत्यक्ष राजनीतिमा होमिएका खनाल नेपाली कांग्रेस नेता भीमसेनदास प्रधानसँग चुनावी प्रतिस्पर्धामा छन् । खनालको संयोग नै मान्नुपर्छ उनका दाजु सुविर खनाल जो गिरिजाप्रसाद कोइराला र सुशील कोइराला प्रधानमन्त्री हुँदा प्रमुख स्वकीच सचिव तथा सल्लाहकार थिए उनी कांग्रेस राजनीतिमा छन् ।

 

प्रस्तुत छ, एमाले उम्मेदवार सर्वेन्द्र खनालसँग नेपालप्रेसले गरेको कुराकानीको सम्पादित अंश :

– तीन दशक नेपाल प्रहरीमा सेवा गरिसकेपछि अहिले प्रत्यक्ष राजनीतिमा प्रवेश गर्नुभएको छ । त्यति लामो समय जनताकै सेवा गर्दा पनि नपुगेर राजनीतिमा प्रवेश गर्नुभयो है ?

प्रहरी सेवाबाट राष्ट्र र जनताको सेवामा लागेको हो । अहिले रिटायर्डमेन्टपछि बसिरहेको थिएँ । अन्य केही सामाजिक काम गरौंला, जीवन सहज होला भन्ने थियो । तर, म समाज र समुदायकै सेवामा रमाउने स्वभावको मान्छे रहेछु । त्यसले गर्दा पनि राजनीतिमार्फत् जनताको सेवामा पुनः तत्पर भएँ ।

 

प्रहरी सेवामा रहँदा अपराध र अपराधीलाई ठीक गरेर समाजलाई सन्तुलनमा राख्ने बानी परेको रहेछ । सँगै राष्ट्र र जनतालाई अझै समय दिनुपर्छ भन्ने लाग्यो । अर्कातिर राजनीति फोहोरी खेल भयो भन्ने अनुभव नेपाल प्रहरीमा हुँदै गरेको थिएँ ।

 

राजनीतिक नेतृत्वबाट कहाँ कहाँ हस्तक्षेप हुन्छ भन्ने पनि थाहा छ । के के कुरामा स्वार्थ जोडिएको हुन्छ भन्ने पनि थाहा छ । त्यस्तो हुनुहुन्न भनेर ३० वर्षसम्म लडाइँ गरेँ । शुद्धीकरणका लागि पनि लागेँ । रिटायर्ड भएपछि पनि अझै देशलाई सही दिशामा लैजान र मुलुक समृद्ध बनाउन योगदान दिन सक्छु भन्ने महसुस भएपछि राजनीतिमा आएँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here