काठमाडौं : ब,लात्कार पी;डित किशोरीलाई क्ष’तिपूर्ति भराउन जिल्ला न्यायाधीवक्ताको कार्यालय काठमाडौँले सन्दीप लामिछानेको बैङ्क खाता र उनको नाममा रहेको सम्पत्ति रोक्का राख्न अदालतमा सिफारिस गरेको छ।

सोमबार १२ वर्ष कै;द माग गर्दै काठमाडौँ जिल्ला अदालतमा पेस भएको अ-भियोग पत्रमा उनको एनआइसी एसिया बैङ्कमा रहेको खाता रोक्का राख्न सिफारिस गरिएको छ जसमा केवल ६५ हजार २ सय ९८ रुपैयाँ मात्र छ।

 

सन्दीप नेपालका क्रिकेटरहरूमध्ये सबैभन्दा धेरै निजी र महँगो अन्तर्राष्ट्रिय म्याचहरू खेल्ने खेलाडी हुन्। उनले आइपिएल लगायतका प्रतियोगिता खेलेका छन्। तर उनको बैङ्क खातामा रहेको मौज्दात भने अपत्यारिलो देखियो।

 

अभियोग पत्रमा लामिछानेको नाममा रहेको चितवनको कल्याणपुर ७ स्थित कित्ता नम्बर ६९२८ को १८४.१७ बर्गमिटर जग्गा र कल्याणपुर ७ कै ११७०.३५ बर्गमिटर क्षेत्रफल रहेको कित्ता नम्बर ६९३० को जग्गा समेत रोक्का राख्न माग गरिएको छ।

 

अभियोग पत्रमा प्राप्त प्रमाण र बयानका आधारमा सन्दीपले ना’बालिगको ब;लात्कार गरेको देखिएको भन्दै कै’द र पी’डितलाई क्षतिपूर्तिको माग समेत गरिएको छ। फैसलामा क्षतिपूर्ति भराउने आदेश आए सोही प्रयोजनका लागि उनको नाममा देखिएको रकम र जग्गा रोक्का राख्न माग गरिएको हो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here