अभियोग पत्र अनुसार मेडिकल रिपोर्टमा Hyment M– old tear at 6 o’clock position (क’न्याजाली 6 o’clock आकारमा च्या”तिएको पुरानो घा’उ) भन्ने उल्लेख छ । यसको अर्थ कन्याजाली च्या:तिएको हो । यसले किशोरी ‘भ’र्जिन’ होइनन् भन्ने आशंका हुन्छ । तर, उनको कु’मारीत्व सन्दीपले नै तोडेको हो भन्ने चाहिँ ठहर हुँदैन । त्यसो त अरू कारणले पनि कन्याजाली च्या”तिन सक्छ ।

 

बयानमा किशोरीले यौ’न सम्पर्कपछि सन्दीपले आफ्नो शरीरमा वि’र्यस्खलन गराएको दाबी गरेकी छन् । तर, घटना भएको धेरै दिनपछि मात्रै उनी प्रहरीमा पुगेकाले वी’र्यको डीएनए टेस्ट सम्भव भएन । भोलिपल्टै प्रहरीमा गएको भए डीएनए टेस्टबाट निर्क्योल हुन सक्थ्यो ।

यस्ता यौ”नजन्य घटनामा सामान्यतया ‘प्रत्यक्षदर्शी’ हुँदैनन् । त्यसैले आ’रोप पुष्टि गर्न कठिन हुन्छ । यदि घटनासँग सम्बन्धित कल डिटेल्स, तस्बिर, अडियो वा भिडियो ‘पी’डित’सँग भएमा ती बलिया प्रमाण बन्न सक्छन् । तर, त्यस्तो प्रमाण किशोरीसँग नभएकाले प्रहरी मेडिकल रि’पोर्टमै निर्भर हुनुपर्ने देखिएको छ ।

 

किशोरीले राति १२ः२५ मा सन्दीपले पहिलोपटक ब’लात्कार गरेको र त्यसपछि राति १ः३० मा फेरि दोस्रो पटक ब;लात्कार गरेको बयान दिएकी छन् । पहिलोपटक ब;लात्कार भएपश्चात उनी कोठाबाट निस्केको, निस्किन खोजेको वा होटल कर्मचारी गुहारेको देखिँदैन । सन्दीपले आफूलाई ढाडमा हिर्काएको तथा आफू रोई कराइ गरेको पनि बताएकी छन् । यस्तै हो भने होटलका कर्मचारी वा अर्को रुममा सुतेकाहरूले किन थाहा पाएनन् ? भन्ने प्रश्न उठेको छ ।

 

नगरकोटबाट फर्किंदा लामिछानेले राती साढे ११ फर्किंदा होस्टल जान नमिल्ने भएपछि दुइटा कोठा बुक गर्न आफूले प्रस्ताव गरेको किशोरीको बयानमा उल्लेख छ। बुक गरेको कोठामा पुगेर आफू पहिले नै सुतेको यु:वतीले बताएकी छन्। त्यतिन्जेल लामिछाने सोफामै मोबाइल चलाएर बसेको र आफू निदाएकै बेला आएर ब;लात्कार गरेको उनले बताएकी छन्।

आफू रूँदा पनि लामिछानेले ब;लजफ्ती गरेको बयानमा उल्ल्लेख छ।

‘…त्यसको करिब एक घण्टापछि निज प्रतिवादीले मेरो शरीरमा छाम्ने, कपाल तान्ने गर्दा मैले प्रतिरोध गर्दा मेरो ढाडमा निकै जोडले हाने त्यसपछि मलाई  डर लागि रूँदै गर्दा मलाई चल्न नदिई पुनः दोस्रो पटक ज;बरजस्ती क;रणी गरी बिहानपख निज प्रतिवादीले मलाई आफ्नो ०७:०० बजे हायात प्लेसमा पि.सि.आर परीक्षण रहेकोले आफू जानुपर्ने भएको भनी मलाई ब्रेकफास्ट खाएर जाऊँ भन्दा मैले नमानेपछि निज प्रतिवादीले मलाई गाडीमा राखी मेरो होस्टल नजिकै लगेर छोडी गाडी लिई फ;रार भएका हुन,’ बयानमा भनिएको छ, ‘यसरी मलाई प्रतिवादीले फकाई फुल्याई तिलगंगास्थित होटल काठमाडौं इनमा लगी जोरजुलुम गरी ड’र त्रा’समा पारी मेरो इच्छावि’परीत २ पटक ज’बरजस्ती क’रणी गरेको हुँदा निज प्र;तिवादी उपर कानूनबमोजिम का:रबाही र सजाय गरी क्षतिपूर्ति समेत दिलाई भराई पाऊँ।’

 

 

ज;बरजस्ती क:रणपछि पनि आफू यथावत बेडमा सुतेको उनले बताएकी छन् । यसले पनि उनको भनाइमा संशय उब्जिन्छ । साथै उनले बिहान सन्दीपकै गाडी चढेर आफू होस्टलसम्म गएको पनि बताएकी छन् ।

घटना भएको झण्डै एक महिनापछि मात्रै उनी सन्दीपवि ;रुद्ध जा;हेरी दिन प्रहरीमा पुगेकी थिइन्, जब सन्दीपले उनलाई सामाजिक सञ्जालमा रेस्पोन्स गर्न छाडेका थिए ।

 

सन्दीपले चाहिँ बयानमा आफू खेलमा व्यस्त भएकाले सामाजिक सञ्जालमा निष्क्रिय बनेको बताएका छन् । त्यसो त उनको बयानमा पनि धेरै ‘लुपहोल’ हरू छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here