क्षितिज, बाँके । ख्रिष्टियान धर्मलम्वीहरुकाे बिशेष उत्सव ‘ख्रिष्टमस’ भव्यताका साथ सम्पन्न भएको छ।
येशु ख्रिष्ट मानिस जातीकाे उद्दारकर्ताकाे रुपमा इस्राएलमा जन्मेकाे र ख्रिष्टकाे जन्म सम्पूर्ण मानवजातीकाे पाप क्षमाकाे लागि हाे भनी इसाई धर्मलम्वीहरु विस्वास गर्छन् । ख्रिष्टकाे जन्माेत्सवकाे खुसियालीमा ख्रिष्टमस उत्सव मनाउने इसाईहरुकाे प्रचलन छ। उक्त समयमा एक अर्कामा सुखमय जीवन र ईश्वले आशिर्वाद दिउन् भनेर आफन्त , छरछिमेक तथा साथिभाईहरुमा शुभकामना आदनप्रदान गर्ने गरिन्छ।
यसै अन्तर्गत शनिबार बाँके जिल्लाकाे काेहलपुर नगरपालिकामा काेहलपुर एरिया पाष्टर संगति द्वरा आयाेजित ख्रिष्टमस तथा शुभकामना आदनप्रदान तथा र्याली एवम् संयुक्त आत्मिक संगति सयौं अनुयायीहरुकाे बीचमा सम्पन्न भएको हाे।
उक्त कार्यक्रममा काेहलपुर एरियाका ३५ वटा चर्चहर सहभागी भएको सेल्भेसन चर्चकाे पा.गाेपाल गरुङ्ले जनाए। कार्यक्रम र्याली गर्दै सुवात गरेकाे हाे, उक्त र्यालीले काेहलपुर बजार परिक्रमा गर्दै न्युराेडकाे सार्वजनिक प्राङ्गडमा भेला भएको थियो ।
र्यालीकाे समयमा सुरक्षाको सवालमा उचित व्यवस्थापनमा उपेक्षित महसुस गरेकाे बाँके ईसाइ समाजका अध्यक्ष रेभ. धन बहादुर पाण्डेले व्यक्त गरे। रेभ. पाण्डेले भने ‘हामीले कार्यक्रमकाे जानकारी सम्पूर्ण निकाएहरुमा पत्र सहित जानकारी गराएका हाैं तर पनि सुरक्षाको लागि प्रहरीहरुकाे उपस्थित त्यति देखिंन’।
कार्यक्रममा पा.जीवन आचार्यले प्रवचन दिएका थिए भने पा. भुपेन्द्र वली, पावल गरुङ्ग, रेभ. धन बहादुर पाण्डे, नन्दलाल घर्ती, हरिहर चाैधरी लगाएले मनतव्य राखेका थिए। यसैगरी स्थानीय कलाकारहरु द्रारा इसाई गीत र नाचहरुलकाे प्रस्तुतिले कार्यक्रमलाई थप रमाइलो बनाएको थियो ।
साे कार्यक्रममा काेहलपुर नगरपालिकाकाे कार्यबाहक नगर प्रमुख विरेन्द्र कुमार शाहले काेहलपुर अन्तर्गत रहेका इसाईहरुकाे पक्षमा काेहलपुर नगरपालिका संधै रहने प्रतिवद्दता व्यक्त गरे।
करिब ४ घण्टाकाे साे कार्यक्रम मा मिडिया पार्टनरकाे रुपमा काेहलपुर एफ एम, नागरिक पत्रिका र काेहलपुर ग्यालरीले प्रत्येक्ष प्रशारण गरेकाे हाे। प्रत्येक्ष प्रसारणकाे स्पाेन्सर वल्र्ड लिङ्क, पाेखरा गहना पसल, ओम भेरी डेन्टल क्लिनिक काेहलपुर, गान्धी एग्राे प्रालि, त्रिमुर्ती डिजिटल हब प्रालि, ईमाे रेस्टुरेन्ट एण्ड कटेज, चिकेन स्टेसन एण्ड बारबक्यु र आसेर स्टिकर एण्ड एसिससाेसरीस् रहेको थियाे।
फाेटाे फिचर


भिडियो हेर्न याे लिङ्कमा जानुहाेस।





