सर्जन  कुमार शाही, क्षितिज । प्रदेशमा कमाउन गएको उल्टाे बन्धक बनाएर एक काेठा भित्र थुनेर राखिदिएपछि मलेसिया स्थित बन्धक बनिएका मध्ये एक नेपालीले नागरिक पत्रिकालाई पठाएकाे भिडियो सामग्रीलाई आधार बनाएर नागरिक पत्रिकाले गत पाैष १९ गते समाचार सम्प्रेषण गरेको थियो । उक्त समाचार विभिन्न सञ्चार माध्यमहरुकाे कभरेजमा परेपछि सम्बन्धि निकाएकाे तिब्र चासाे र पहलले बन्धक नेपाली कामदारको उद्दार सम्भव भएको हाे।

 

उद्दार गरिएको मध्ये ६ जना बुधबार र बाँकी  ७ जना शुक्रबार स्वदेश फर्कने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री पुस्पकमल दाहलले बन्धक बनाएका नेपालीहरुलाई तत्काल उद्दार गर्न मुख्य सचिव शंकदास वैरागीलाई निर्देश दिएको थियाे।

 

त्यसपछि प्रधानमन्त्री कार्यलयले परराष्ट्र मन्त्रालय मार्फत मलेसिया स्थिति नेपाली राजदुतावास संग सम्पर्क गरि बन्धक बनाएको नेपालीकाे अवस्था बुझ्नका साथै उद्दारकाे पहल गरेको हाे। नेपाली दुतावासले मलेसियाको पिआरएस फरेस म्यानेजमेन्ट कम्पनीले खाने र बस्ने व्यवस्था गरिएको प्रधानमन्त्री कार्यलयलाई जनाएको छ।

भिडियाे रिपोर्ट हेर्नुस् 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here