सर्जन कुमार शाही – मुगु
मुगु जिल्ला छायानाथ रारा नगरपालिका वर्ड नं. ५ कार्कीवाडा का ५० बर्षिय गिरि नेपाली र उनकी श्रीमती ४६ बर्षिय भदुरी नेपाली विगत ६ बर्ष देखी टिनको टहरामा बस्दै आएका छन् । सम्पत्तिको नाममा आफू आफ्नो श्रीमती र त्यही भएको टिनको टहरा मात्र हो भनी बताउँछन् ।
गिरि नेपाली जब उनी जवान अवस्थामा थिए उनलाई कुनै कुराको न अभाव थियो न त उनको शारीरिक सुन्दरतामा नै कमि थियो । उनलाई बाजा बजाउन , लुगा सिलाउ , गित गाउन र हुट्के नाच नाच्न यस्तै कला र कामका अत्यन्त सिपालु थिए गिरि ।

समयले ठगे लगत्तै गिरिको धन , मान र जीवन सबै कुरा खोसीएको छ गिरिकि श्रीमती प्यारालासिस पीडित भए लगत्तै गिरि मानसिक असन्तुलनमा छन् । उनका दुई छोरा र दुई छोरी गरि चार सन्तान भएता पनि उनिसँग नहुँदा अहिले गिरि र भदुरी सहारा बिहिन भएका छन् ।
उक्त गिरि परिवारको आर्थिक,भौतिक र शारीरिक अवस्था गाह्रो भएको कारण केहि सहज वातावरण बनोस् भनेर मुगु जिल्ला थार्प घर भई हाल स्पेनमा रारा नामक होटेल चलाउदै आएका अकल बोहराले रु २२ हजार नगत सहयोग गरेका थिए ।
बोहराले गिरि परिवारलाई राहत वितरणका लागी गरेको नगत बाट परिवारलाई ओढ्ने ओछ्याउने लुगा , शरीरमा लगाउने लुगा , खाना बनाउनका लागी सम्पुर्ण भाँडा सहित खाने कुरा चामल , नुन तेल , चिनी बेसार र सरसफाइका सामान र अन्य सामना गरि २२ हजार बराबरको राहत नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल र उपाध्यक्ष दान बहादुर बुढाको हात बाट सो परिवारलाई हस्तान्तरण गरिएको थियो ।
अझै पनि तपाईलाई के सहयोग गरिदीए हुन्थ्यो जस्तो लाग्छ भनी नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्षले सोध्दा गिरिले यदि कसैले सहयोग गर्यो भने राम्रो टिनको टहरा बनाउने बताए ।
भिडियो हेर्नुस्





