प्रकाश विक, राजापुर

बाला बजार सरसफाई कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । साे सरसफाइ कार्यक्रम मंगलबार बालबजार अस्थाई प्रहरी चौकी नयाँगाउँ को आयोजनामा बजार सरसफाई कार्यक्रम रहेको सम्पन्न भएहाे ।उक्त कार्यक्रमामा समन्य तथा सहकार्य गर्दै बजार व्यवस्थापन कार्यालय, बाला बजार नयाँगाउँ २ नम्बर वडा र स्थानिय अभिभावक बुद्धिजीवी साथै बजार व्यवसाय व्यापारी लगायत स्थानीय जनप्रतिनिधिहरुकाे स्वस्फूर्त उपस्थितिमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हाे । विगत लामो समपछि बजार सरसफाई अभियान गरेको हुँदा बजार मा भएका सडेगलेका फोहर व्यवस्थापन गरी साे फोहररु जलाई नष्ट गरे पश्चात् जनचेतना मुलक कार्यक्रम सम्पन्न गेरेका हुन् ।

 

धेरै लामो समयपछि सरसफाई गरेको हुँदा फोहरले ढाकेकाे बजार यति खेर सुन्दर र सफा देखियो छ । नजिकै मा रहेको थारु संस्कृति जाने बाटो, नयाँ गाउँ बाला बजारमा रहेको स्वास्थ्य चौकी , अस्थाई प्रहरी चौकी नयाँगाउँ, सहरा बोडिङ्ग स्कूल ,निरा मा.वि स्कूल लगायत वरपर सबै ठाउमा भएका फोहर सरसफाई गरी सफा गरेकाे हाे ।
साे कार्यक्रममा बोल्दै नीवर्तमान वडा अध्यक्षले आगामी दिनमा  सरसफाइ अभियान अझै गाउँका कुनाकुनामा पनि हुनु पर्ने र बजारमा फोहर व्यवस्थापन कार्यक्रम अझै विशेष जोड दिनु पर्ने बताए ।

 

बाला बजार नयाँ गाउँका बुदिजीबि वर्ग र महिला सबैले आफ्नो विचार व्यक्त गर्दै हामी एक जुट भएर अघि बढनु पर्ने भनी नागरिक पत्रिका मार्फत सबैमा जानकारी गरेका थिए ।
त्यसैगरी, अस्थायी प्रहरी चौकी नयाँगाउँ बाला बजार लगायत स्थानीय बुद्धिजीवी सबैको सहकार्य र पहलमा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको र आगामी दिहरूमा सरसफाई सम्बन्धी अझै राम्रो व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको भन्दै राजापुर नगरपालिका २ बालाबजार नयाँगाउँ का सचिवले आफ्नो भनाइ राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here