बर्दिया, माेहन खत्री
नवज्योति पब्लिक स्कुल गेरूवा-१ जनकनगरको १५ ओैँ वार्षिकोत्सब एवं वार्षिक परिक्षामा विभिन्न स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक रामनाथ शर्माको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गेरूवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज अधिकारी रहनुभएको थियोे । कार्यक्रममा साँस्कृतिक प्रस्तुति समेत रहेको थियोे ।
फाेटाे फिचर







