किशोर शाही ,

प्रतिकूल मौसमका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ ।

पोखरामा भएको मौसम खराबीले भिजिविलिटी कम हुँदा शुक्रबारकाे आन्तरिक उडान प्रभावित भएको हो। अहिले कुनै पनि विमान उड्न नसक्ने विमानस्थल कार्यालयले जनाएको छ ।

पाँच दिन सम्म पानी नपर्दा बाक्लो तुवाँलो र हुस्सु लागे पछि सबै हवाई उडान प्रभावित र ढिलाइ भएको कार्यलयका कर्मचारीले जानकारी दिएका छन। विमान नउडेको पछि आन्तरिक तथा बाह्ये पर्यटक यात्रुहरु अलपत्र परेका छन साथै कति जना आक्रोशित भएका छन।

सुरक्षाको दृस्ठिकोणले पुरानो बिमानस्थल नै उपयुक्त भएको आम यात्रुहरुको भनाइ छ। यात्रु भन्छन्  यस्तो कामै नलाग्ने र समय उडान नहुने ठाउँमा बिमानस्थल बानायाे जहिले पनि डिले नभएको उडान नै हुँदैन सधै यस्तो हुने हो भने आन्तरिक तथा अन्तरास्ट्रिय पर्यटकहरुको आगमनमा ठुलो नकारात्मक असर पर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here