माेहन खत्री,
बर्दिया जिल्ला पालिका स्तरीय गेरुवा उपाध्यक्ष कप महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।
शनिबार गेरुवा गाउँ पालिका-६ को बेलभरिया खेल मैदानमा गेरुवा गाउँ पालिका अध्यक्ष जमान सिंह केसि को प्रमुख अतिथ्यमा खेल सुरु भएको हाे । त्यसै गरि विशिष्ट अतिथिामा गेरुवा गाउँ पालिका उपाध्यक्ष लक्ष्मी चौधरी र निवर्तमान उपाहेमा कुमरि चौधरी काे उपस्थिति थियोे ।
आज भएको पहिलो खेलमा गेरुवा गाउँपालिकाले आफ्नो पक्षमा नतिजा ल्याएको छ । शनिवार गेरुवा ६ बेलभरिया खेलमैदानमा भएको खेलमा गेरुवा गाउँपालिकाले राजापुर नगरपालिकालाई २ गोलका बिरुद्ध ३ गोल गर्दै गेरुवा सेमिफाइनलमा प्रवेश गरेको हो । खेल सुरु भएको केही समयमानै एक गोल गरेर अग्रता लिएको राजापुर नगरपालिकाले उत्कृष्ट खेल प्रदर्शन गरेपनि पराजित हुन पुगेको छ ।
२/२ गोलको बराबरी भएको खेलमा अन्तिम थपिएको २ मिनेटमा गेरुवाले गोल थप गरेपछि गेरुवाले सेमिफाईनलको बाटो तय गरेको हो । गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले उद्घाटन गर्नुभएको प्रतियोगितामा गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरी, ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद चौधरी, वडा नं. ६ का वडा अध्यक्ष कृष्ण गोपाल चौधरी, निवर्तमान उपाध्यक्ष हिमा चौधरी, गेरुवा खेलकुद विकास समितिका अध्यक्ष दरबारी चौधरी, ईलाका प्रहरी कार्यालय पाताभारका निमित्त कार्यालय प्रमुख टंक ठकुल्ला लगायतको सहभागिता रहेको थियो ।
भोलीको पहिलो खेल ठाकुरबाबा र गुलरिया बीच हुनेछ भने दोस्रो खेल बाँसगढी र मधुवन बीच हुने गेरुवा खेलकुद विकास समितिले जनाएको छ । गेरुवा गाउँपालिकाको सहयोगमा गेरुवा खेलकुद विकास समितिको आयोजना संचालन भएको खेल ५ गतेसम्म चल्नेछ ।
फाेटाे फिचर






