माेहन खत्री,
उपाध्यक्षकप महिला फुटबलको उपाधि गेरूवा गाउँपालिकाले आफ्नो पोल्टोमा पारेको छ ।
घरेलु मैदानको सदुपयोग गर्दै गेरूवाले शुन्यका विरूद्ध २ गोल प्रहार गरि बारबर्दिया नगरपालिकालाई पराजित गरेको हो ।
बर्दिया जिल्ला पालिका स्तरीय गेरुवा उपाध्यक्ष कप महिला फुटबल प्रतियोगिता मंगलबार सकिएको हाे ।
बैशाख २ गते देखि सुरु भएको उक्त प्रतियोगिता मंगलबार समापन भएको हाे । फाइनलकाे लागि मंगलबार भएको खेलमा गेरुवा गाउँपालिकाले आफ्नो पक्षमा नतिजा ल्याएको हाे ।
घरेलु मैदानको सदुपयोग गर्दै गेरूवाले शुन्यका विरूद्ध २ गोल प्रहार गरि बारबर्दिया नगरपालिकालाई पराजित गरेको हो ।
त्यस्तै उत्कृष्ट खेलाडीकाे उपाधी सृष्टि थारुले हात पारिन् भने उत्कृष्ट गाेल रक्षक सुमा थारु र सर्वाधिक गाेल गर्नेमा कविता बुडा घाेषणा गरियाे । गेरुवा गाउँपालिकाको आर्थिक सहयोगमा गेरुवा खेलकुद बिकाश समितिको आयोगनामा साे चौँथौ महिला उपाध्यक्ष फुटवल कप सम्पन्न भएको हाे ।
फाेटाे फिचर






