चितवन, रवि लामिछानेका चालक तीन तलामाथिबाट खसेकाे अवस्थामा फेला परेकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक चितवनस्थित एक घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका हाे ।

सिन्धुपाल्चोक घर भएका उनी बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । लामिछानेका चालकको घर सिन्धुपाल्चोकको बाह्रबिसे भएको प्रहरीले जनाएको छ ।
३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा तीन तलामाथिबाट खसेका हुन् ।

चितवनका एसपी रामेश्वर कार्कीका अनुसार बिहान ३ बजेर ५४ मिनेटमा खसेको अवस्थामा फेला परेको बताए ।

“बिहान ३ बजेर ५४ मिनेटमा खसेको देखिन्छ । तल्लो तलामा रवि लामिछाने, दीपक बोहोरा लगायत उहाँका पार्टीका नेताहरु बस्नुभएको रहेछ,” उनले भने, “माथि मुकुल ढकाल र रवि लामिछानेको चालक रहेछन् । अहिले हामीले सीसीटीभी फुटेज अनुसन्धान गरिरहेका छौँ ।”

गम्भीर घाइते थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरी प्रवक्ता डीएसपी विजय पण्डितले बताए। उनको टाउको र खुट्टामा चोट लागेको छ। रहस्यमय उक्त घटनाको प्रहरीले अनुसन्धान थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here