बर्दिया, हरी बिक

समाजवादी प्रेस संगठन बर्दियाकाे अध्यक्षमा प्रतापकमार गाैतम सर्बसम्मत निर्वाचित भएको छ । नेकपा एसका बर्दिया इन्चार्ज निर्मल सुवेदी प्रमुख अथिति र विशेष अतिथि सह इन्चार्ज लाेकमणि आत्रेय, प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदी ,प्रदेश कमिटी अध्यक्ष हृदय भुसाल र सचिव दिपक आर्चायले निर्वाचित कमिटी लाई शुभकामना दिनु भएको थियो ।

सो अवसरमा प्रमुख अतिथि निर्मल सुवेदीले प्रेस संगठनले जनताको वाक स्वतन्त्रता, विचार अभिव्यक्तिलाई प्राथमिकतामा राखी समाचार सम्प्रेषण गर्ने र संविधानकाे सर्वाेच्चतालाई सम्मान गर्ने नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी भएकोले रचनात्मक रुपमा पार्टीलाई देश व्यापीरुपमा संगठन निर्माणमा जुटन आव्हान गरे । वरिष्ठ उपाध्यक्ष सुवेदीले संञ्चार क्षेत्रमा आफ्नाे संगठनकाे भुमिका सशक्त भएकोले आगामी दिनमा हुने नेपाल पत्रकार महासंघकाे सदस्यता वितरणमा हस्तक्षेप रहने र जिल्ला जिल्लामा संगठनलाई मजबुत बनाउन आव्हान गरे ।

उक्त कार्यक्रममा प्रदेश अध्यक्ष भुसालले प्रेस संगठनका १२ वटै जिल्लामा संगठन विस्तार गर्दै अासन्न प्रत्रकार महासंघकाे महाधिवेशनमा अाफ्नाे सहभागीतालाई सुनिश्चित गर्ने छ र सदस्यता वितरणमा पनि संगठनले हस्तक्षेपकारी भुमिकामा रहन निर्देशन समेत दिए । समाजवादी प्रेस संगठन बर्दिया शाखाकाे प्रथम अधिवेशनले प्रताप कुमार गाैतमकाे अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्बाचित गरेकाे छ। उपाध्यक्ष मनु अधिकारी ,सचिव दिलिप लम्साल ,काेषाध्यक्ष सरिता कुमारी शाही,सदस्यहरुमा एलिसा रावत, प्रताप पाेखरेल,अर्जुन पाेखरेल र नारायण खनाल रहनु भएको छ। ३ सदस्यीय सल्लाहकार समिति जिल्ला कमिटीले मनाेनयन गरेकाे छ जस अनुसार लाेकमणि आत्रेय, रमेश कुमार थापा र बखत बहादुर खड्का रहेका छन्।

नवनिर्वाचित अध्यक्ष गाैतमले संगठनलाई जिल्लामा सशक्त बनाउने र संगठन काे सदस्यता वितरण ८ वटै पालिकामा विस्तार गर्दै सबै स्थानीय तहमा समाजवादी प्रेस संगठनकाे संगठन निर्माण गर्ने प्रतिवद्दता व्यक्त गरे । साथै निकट भविष्यमा संगठनले एउटा अनलाइन पत्रिका दर्ता गरेर जिल्लामा सञ्चालन गर्ने जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here