कोहलपुर जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा सोमबार त्रिभुवन आर्मी फुटबल क्लबले सिन्धुलीको दूधौली स्पोर्टस क्लबलाई ४–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ ।

तेह्र बिघा खेल मैदानमा सोमबार खेलमा दूधौलीले अग्रता बनाएको थियो । अजयकुमार श्रीवास्तवले २९ औं मिनेटमा गोल गरेर दूधौलीलाई अगाडि बढाए ।

आर्मीका टंक बस्नेतले ३४ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि टंकले ६१ औं मिनेटमा अर्को गोल थपेका थिए । आर्मीकै मानबहादुर आलेमगरले ७३ औं र मदन लिम्बूले ८३ औं मिनेटमा १–१ गोल गरेका थिए ।

खेलमा आर्मीका मानबहादुर नै म्यान अफ द म्याच घोषित भएका थिए । उनलाई कोहलपुर–१२ का वडाअध्यक्ष वीरेन्द्रकुमार शाहले ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरे ।

बुधबार आर्मी र चर्च ब्वाइजबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

आयोजक रेसिङ्ग सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले फाइनलमा प्यारापिटतर्फ १ सय र मैदानतर्फ ५० रुपैयाँ टिकटदर रहेको जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here