भारतको बनारसमा नेपालीलाई उनकै छिमेकी खड्क नेपालीले हत्या गरेका छन् ।

व्यापारको कुरालाई लिएर विवाद भएपछि खड्कले पौष २९ गतेको राती १२ बजेतिर पछाडीबाट टाउकोमा लाठो र इट्टाले हानेर निर्मम तवरमा हत्या गरेका थिए ।

हत्यारालाई प्रहरीले नियन्त्रण लिइसकेको कुरा मृतक नेपालीका भाइ विवेन्द्र नेपालीले नागरिक पत्रिकालाई जानकारी दिएका छन् । हत्या गरिएका उनका आफन्त कर नेपालीको परिवारले दोषीलाई कडाभन्दा कडा सजायको माग गरेका छन् ।

हाल घटनास्थल बनारसमा उनका आफन्तहरु छलफल का लागि गएको पारिवारिक स्रोतले नागरिक पत्रीका सँग बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here