बैजनाथ गाउँपालिका ५ न्यु सिटिको खुला मैदानमा जारी महोत्सवमा कृषि प्रदशनी गरीएको छ । स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज राखिएको स्टलमा दर्शंकहरुको भिड लाग्ने गरेको बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले बताउनु भयो ।
महोत्सवमा कृषि प्रदर्शनीले विशेष प्राथमिकता पाएको यहाको भनाइ रहेको छ । महोत्सवमा कृषि उत्पादनलाई विशेष प्राथमिकता दिएको तथा कृषकहरूले कृषि उत्पादनलाई बजारीकरणमा जोड दिएका छन् । महोत्सवमा ५ वटा कृषिको स्टल राखिएको छ । कृषि स्टलमा स्थानीय उत्पादनलाई जोड दिएका छन् । स्थानीय कृषकले उत्पादन गरेको फर्सी, च्याउ, काउली लगायतका स्टलमा भिडभाड हुने गरेका छन् । दर्शकले उत्पादन बिक्री, तथा बजारको बारेममा जिज्ञासा राख्ने गर्दछ ।
महोत्सवमा मेला भर्न आएकाहरूले राम्रो प्रतिक्रिया पाएको तथा अझ थप उत्पादनमा उत्साह थपेको कृषकको भनाई छ । गत माघ १० गतेबाट सुरु भएको महोत्सवमा हजारौँ दर्शकले अवलोकन गरेको आयोजकको भनाई छ ।
महोत्सवमा कृषि, होटेल, सूचना प्रविधि, अटो मोबाइल लगायतका २ सय ५० बढिस्टल राखिएको छ ।, बाल उधान, थारु गाउँले महोत्सवलाई थप आकर्षक बनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here