दाङ,२७ मंसिर ।
एड्विन मगर

येशु ख्रिष्टको जन्मोत्सवको रुपमा मनाईने अर्थात इसाई समुदायहरुको ठुलो उत्सबको रुपमा रहेकोे ’ख्रिष्टमस डे’ को पूर्ब सन्ध्यामा नेपालको इसाई समुदायहरुले बिभिन्न ठाउँमा विभिन्न शान्तिमय ¥याली कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान कार्यक्रम गरेको सामाजिक संजाल लगायत अन्य माध्यम बाट प्रष्ट देख्न सकिन्छ । यहीँ कुरालाई मध्यनजर गरी त्रिबेणी गाउपालिका इसाई समुदाय रोल्पाको आयोजनामा पनी त्रिबेणी गाउपालिकाको सभाहलमा शान्तिमय ¥याली संगै ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

पालिका इसाई समुदायका अध्यक्ष पा.ज्योति प्रसाद घर्तिमगरको सभाध्यक्षता तथा त्रिवेणी गाउपालिकाका अध्यक्ष कर्ण ब. बाँठामगरको प्रमुख आतिथ्यता र एन.सि.एफ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष पा.लिल ब.घर्तिमगर,ने.क.पा एमाले गाउपालिका पार्टी अध्यक्ष लेखमनी डागी,पूर्ब गाउपालिका अध्यक्ष शान्त कुमार वली र पूर्ब गाउपालिका उपाध्यक्ष साबित्रा घर्तिमगर र अन्य अतिथिहरु लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।

यस्तै कार्यक्रममा “ख्रिष्टमस के–हो ? र यसलाई इसाई समुदायहरुले बिश्वब्यापी बिशेष दिनका रुपमा किन मनाउने गर्छन ?”लगायतका बारेमा प्रमुख अतिथीका रुपमा रहेको एन.सि.एफ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष पा.लिल ब.घर्तिमगरले प्रष्ट्याउनु भएको थियो ।
सो अबसरमा सरकार पक्षले इसाई समुदाय प्रति त्यति चासो नदिएको साथै इसाई लाई सदैब दोस्रो दर्जाको रुपमा हेर्ने गरेको र सरकारले दिएको १ दिनको बिदाले मात्र प्रयाप्त नभई थप ३ दिन बिदा आबश्यक रहेको सल्लाहकार पा.नर ब.घर्तिमगरले औल्याउनु भएको थियो ।

त्यस्तै यता प्रमुख अतिथीका रुपमा रहेका गाउपालिका अध्यक्ष बाँठामगरले भने सरकारको तर्फ बाट भने सक्दो सबैलाई बराबरी हेर्ने प्रयास गरेता पनी कति कुरा इसाई समुदायले पनी स्थानिय टोलका अध्यक्ष संग समोन्वय गरी आफ्नो माग राख्दा यसलाई गाउपालिकाले त्यसबारे छलफल गर्न सक्ने अबस्था रहने बताउनु भएको थियो ।

उक्त कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा रहेका नेपाली कांग्रेस गाउपालिका पार्टी उपाध्यक्ष लेखमनी डागी,पूर्ब गाउपालिका अध्यक्ष शान्त कुमार वली,पूर्ब गाउपालिका उपाध्यक्ष साबित्रा घर्तिमगर,वडा न.४ का वडा अध्यक्ष गंगा प्रसाद घर्तिमगर, वडा न.५ का वडा अध्यक्ष कृष्ण ब.केसी, वडा न.५ का एमाले पार्टी अध्यक्ष खुस ब. पुन,सन्त निरङकार मण्डलका प्रमुख दल ब. राणामगर पास्टर नर ब.घर्तिमगर,हेमराज पुनमगर,पा.गजबिर बाँठामगर र पा.ओम प्रकाश बुढामगर लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
उक्त शान्तिमय ¥याली र शुभकामना आदानप्रदान कार्यक्रममा त्रिवेणी गाउपालिका भित्र रहेका बिभिन्न चर्चहरु र चर्च बाट करिब २ हजार भन्दा बढी बिस्वासीहरुको सहभागिता रहेको थियो । शान्तिमय ¥याली गाउपालिकाको सभाहल देखी सुरु भई नब नेपाल क्यापस हँुदै नेर्पा बजार परिक्रमा गरी पुनः सभाहलमा पुगी कोण सभामा परिणत भएको थियो । साथै कार्यक्रमको अन्तमा इसाई समुदायको तर्फ बाट बिभिन्न माग सहित राजनितिक दल र सुरक्षाकर्मीहरु लाई ज्ञापन पत्र बुझाईएको थियो । त्रिवेणी गाउपालिका इसाई समुदायका सदस्य पा.बिरेन्द्र घर्तीमगरको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण लक्ष्मी केसीले गर्नुभएको थियो ।।




