सर्जन कुमार शाही
पुस ११
मुगुमा नेपाल पत्रकाकार महासंघको अधिवेशन भए यता नयाँ कार्यसमितिलाई स्वागत शुभकामनाको अवसर पारेर कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र ( CDS – PARK ) मुगुले पाँच जना पत्रकारहरुलाई सम्मान समेत गरेको छ । जसमध्ये नगरिक पत्रीकाका सञ्चारकर्मी सर्जन कुमार शाही दोस्रो पटक सम्मानित भएका छन् ।
बिहिवार एक औपचारीक कार्यक्रमको आयोजना गरी सिडिएस पार्क मुगुले पत्रकारहरुलाई स्वागत र शुभकामनाको साथै जिल्लामा लामो समय देखी पत्रकारीता गरेका र बिशेष गरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार, युवा,बालविवाह, छाउपडी प्रथा लगायतका सवालमा कलम चलाई रुपान्तणका क्षेत्रमा योगदान पुर्याएको भन्दै नागरिक कर्मी सर्जन कुमार शाही , हिमालय टेलिभिजनका रिपोर्टर नन्द रोकाया, सुनौलो नेपालका सनत कुमार हमाल, रेडियो मुगुका खडक सुनार र गोर्खापत्रका हरिकृष्ण ऐडी सम्मानित भएकाे हाे ।
शुभकामना तथा सम्मान कार्यक्रममा cds park का कार्यकारी निर्देशक अज बहादुर शाहीले आफ्नो भनाइ राख्दै मुगु जिल्लामा स्वास्थ्य प्रजननको क्षेत्रमा मुगुका संचार कर्मिहरुले आफ्नो भुमिका राम्रोसंग निभाइ रहेको र आउँदा दिनहरूमा अझै प्रभावकारी रुपमा यो क्षेत्रमा कमल चल्ने कुरामा आफुले बिश्वास राखेको बताए ।
नेपाल पत्रकार महासंघको तर्फबाट आफ्नो भनाइ राख्दै संस्थापक अध्यक्ष बिनोद कुमार मल्ल र वर्तमान अध्यक्ष अच्युतराज भण्डारीका अनुसार कार्यसम्पादन र पारदर्शीताको क्षेत्रमा cds – park मुगुले अग्रणी भुमिका खेलेको र पत्रकारिताको क्षेत्रमा पत्रकारहरुको लेखन क्षमता वृद्धि गर्नको लागी धेरै पटक अवसर दिएको बारे धन्यवाद पनि व्यक्त गरेका थिए ।
यो भन्दा पहिला पनि २५ औ अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर एक देउडा आयोजनाका साथ सोरु गाउँपालिकामा भदौ ६ गते पनि ५ जना पत्रकारहरुलाई सम्मान गरिएको थियो जसमा नागरिक कर्मी सर्जन कुमार शाही पहिलो पटक सम्मानित भएका थिए ।





