सर्जन कुमार शाही
मुगु २१ पुस
जिल्लाको पश्चिम खत्याडमा स्थानीय रैथाने बीउ प्रदर्शनी मेला लागेको छ ।
शनिबार खत्याड गाउँपालिाका-११ रातापानी स्थित स्थानीय रैथाने बीउ प्रदर्शनी मेला तथा बीउ ऐँचोपैँचो कार्यक्रममा खत्याड गाउँपालिाकाका स्थानीय कृषकहरुले आफनो खेत गडामा उत्पादान गरिएका रैथाने कृषि बीउविजन प्रदर्शनी गरेका हुन

खत्याड बहुउदेश्यीय सहकारी संस्था र मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेन्डेक नेपालको आयोजनामा सामाजिक सेवा अध्ययन केन्द्रको आर्थिक सहयोगमा र खत्याड गाउँपालिकाको समन्वयमा सञ्चालित स्थानीय रैथाने बीउ प्रदर्शनी मेला तथा बीउ ऐँचोपैँचो कार्यक्रममले खत्याड गाउँपालिकाका स्थानीय किसानलाई कृषिमा प्रोत्साहन गर्न उक्त आयोजना गरिएको थियो ।

खत्याड गाउँपालिका अन्तरगत ८, ९, १०, ११ का सहभागी किसान तथा कृषक समूहहरुले आफूले उत्पादन गरेका समुदायमा पाइने रैथाने बीउ एक सय देखि ४९० जातका कृषि सामाग्री प्रर्दशनीमा राखेका थिए । मेलामा ९ वटा रैथाने बीउको स्टल राखिएको थियो ।

रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ खत्याड गाउँपालिाकाको रातापानीमा मेला प्रदर्शनी गरिएको मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेन्डेक नेपालका कार्यक्रम प्रबन्धक नमराज रावतले बताए । किसानहरुलाई यस्ता मेलामार्फत स्थानीय बाली प्रयोग गर्न कृषि उत्पादनमा जोडदिनुका साथै कृषि क्षेत्रको प्रर्वधनमा सहयोग पुग्ने उनको भनाइ छ ।

पछिल्लो समय रैथाने बाली लोप हुन लागेकाले यसको उत्पादन वृद्धि र किसानलाई महत्व बुझाउन मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।

स्थानीय रैथाने बीउ प्रदर्शनी मेला तथा बीउ ऐँचोपैँचो कार्यक्रममा सहभागी किसानहरुले यस्ता कार्यक्रम हरेक वर्ष राख्न आग्रह गरेका छन् । यस्ता कार्यक्रमले कृषी क्षेत्रमा लागेका कृषकहरुलाई हौसला हुने भएकाले बेला बेला जिल्लामा यस्ता मेलाको आयोजना गर्न स्थानीय कृषाको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here