सर्जन कुमार शाही
मुगु जेठ ४ गते,
कर्णालिका न्यून बेरुजु हुने स्थानिय तहहरुमा सल्यानको वनगाड कुपिण्डे नगरपालिका र मुगुको मुगुम कार्मारोङ्ग गाउँ पालिका रहेको पाइएको छ ।

हालै महालेखा परिक्षकको कार्यालयले राष्टपति समक्ष पेश गरेर सार्वजनिक गरेको आथिक वर्ष २०८०/०८१ को आफ्नो ६२ औ वार्षिक प्रतिवेदनमा कर्णाली प्रदेशमा रहेका स्थानिय तहहरु मध्य सल्यानको वनगाढ कुपिण्डे र मुगुको मुगुम कार्मारोङ्ग गाउँ पालिका न्यून बेरुजु रहका पालिका रहेको उल्लेख गरिएको हो ।

प्रतिवेदनका अनुसार कर्णाली प्रदेशमा रहेका ७९ वटा स्थानिय तहहरु मध्य सबै भन्दा न्यून बेरुजु सल्यान जिल्लामा रहेको बनगाड कुपिण्डे नगरपालिकाको रहेको छ जसको वेरुजु रकम ७३ लाख ५३ हजार रहेको छ यो जिरो दशमलव ४४ प्रतिशत हो ।

न्यून बेरुजु रहेको स्थानियहरुको दोर्सो सुचिमा मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गाउँ पालिका रहेको छ । यो पालिकामा हालसम्मको बेरुजु रकम ४२ लाख ६८ हजार रहेको छ पालिकाको कुल बजेट, कुल खर्च र कुल बेरुजु,कुल असुललाइ तुलना गर्दा यो जिरो दशमलव ५४ प्रतिशत हुन आउँछ ।

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको बेरुजुको स्थिती अबस्था बारेको प्रतिवेदन हेर्दा मुगु जिल्लामा रहेका चारवटा स्थानिय तहहरुमध्य सबै भन्दा कम र कर्णाली प्रदेश मै दोर्सो कम मुगुम कार्मारोङ्ग गाउँ पालिकाको रहेको छ । यस्तै गरि छायानाथ रारा नगरपालिकाको ३ करोड ३९ लाख १८ हजार,खत्याड गाउँपालिका २ करोड ५३ लाख ९७ हजार र सोरु गाउपालिकाको १ करोड ८६ लाख ४६ हजार बेरुजु रहेको छ ।
बर्सेनि स्थानिय तहमा बेरुजुको दर बढदै गैरहेपनी मुगुम कार्मारोङ्ग गाउपालिकाको भने बेरुजको दर घट्दै गएको देखिएको छ ।

मुगुम कार्मारोङ्ग गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द्र रावल भन्नुहुन्छ हामी मुगुम कार्मारोङ्गलाइ देश कै नमुना पालिका बनाउने योजना र सपना सहित अघि बढी रहेका छौ निकट भविष्य मै देश भरको शून्य बेरुजु भएको पालिका बनाउने छौ । स्थानिय तहहरुमा भएका आथिक अनियमिता,अपारदर्शीता,बेरुजी दर उच्च,बेथिती जस्ता कुराले स्थानिय सरकारहरुको बदनाम भैरहेका बेला विकट हिमाली जिल्ला मुगुमा रहेको मुगुम कार्मारोङ्ग गाउँ पालिका मात्र यस्तो पालिका हो कि यो पालिकाका मुद्दा अड्डा,अदालत र अक्तियारमा हालसम्म छैनन,योजना तथा कार्यक्रमहरु समय मै सम्झौता र भुक्तानी हुनु यो पालिकाको विषेशता नै बनेको छ । पालिकामा आएका सेवाग्राहीहरुको काम कार्वाहीको सुनुवाइ समय मै हुने गरेका छन ।

पालिकामा कार्यरत कर्मचारीहरुलाइ कुनै राजनैतिक दवाव हुदैन उनिहरु स्वतन्त्र रहेर काम गरिरहेका छन । हाम्रो काम भनेको नियम कानुन बनाउने,योजना कार्यक्रम कसरी चलिरहेका छन हेर्ने र काम गर्दा आएका बाधा अड्चन फुकाउने रहेको छ मुगुम कार्मारोङ्ग गाउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामा बताउनु हुन्छ ।

उहाँ भन्नुहुन्छ हामिले नियम कानुन भित्र रहेर कोहि कसैको दवावमा नपरि स्वतन्त्र रुपमा काम गर्न कर्मचारिहरुलाइ स्वतन्त्रता दिएपछी हाम्रा काम कार्वाही उत्कृष्ट हुँदै आएका छन । बेरुजु न्यून हुनेका कर्णाली मै दोर्सो छौ,प्राकृतिक स्रोत तथा वित्त आयोगको स्थानितह कार्य सम्पादन मुल्यांकनमा मुगुमा प्रथम छौ भने लिजा,एफआरए मुल्यांकन पनि जिल्ला कै उत्कृष्ट छौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here