हेटौंडा । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि सडक छेउमा रहेका घर तथा अन्य संरचनाहरू भत्काउन सुरु गरेको छ ।
सडक डिभिजन कार्यालयले गत मंसिर ५ गते १५ दिने अल्टिमेटम जारी गर्दै २५ गजभित्र पर्ने सम्पूर्ण संरचनाहरू हटाउन निर्देशन दिएको थियो । उक्त म्याद सकिएसँगै आज बिहानैदेखि संरचना भत्काउन थालिएको हो ।
स्थानीय प्रशासनको सहयोग तथा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कन (निशान) भित्र परेका संरचनाहरू हटाउने कार्य अगाडि बढाएको हो ।





