चितवनमा “स्वास्थ्यको लागि खेलकुद” भन्ने नाराका साथ एकदिने अन्तरचर्च फुट्सल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ”।
चितवनको त्रीएक जवान समुह द्वारा बिहीबार आयोजित यस प्रतियोगितामा खेलकाे लागि २१ वटा टिमहरु विभिन्न मण्डलीहरूको प्रतिनिधित्व गर्दै सहभागी भएका थिए। उक्त खेल सयौंको सङ्ख्यामा दर्शक र खेलाडीहरूको उपस्थितिमा सुन्दर नगरी भरतपुर -९ सरदपुरमा सम्पन्न भएको हाे ।
साे कार्यक्रम भव्यताका साथ सम्पन्न गर्नको निम्ति विभिन्न संघसस्था, मण्डली र साथीभाईहरूको हातेमालोमा आर्थिक सहयोगद्वारा सम्पन्न भएकोमा दाताहरु प्रति आयाेजकले धन्यवाद सहित कदरपत्र समेत हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रेभ. सानु काेपिला (चितवन ख्रिष्टिय समाज), सुरुको प्रार्थना पास्टर नवराज गिरी (सचिव-चितवन ईसाई समुदाय) प्रवचन रेभ. हरि खाती (चितवन ख्रिष्टिय सङ्घका संरक्षक), प्रतियोगिता संयोजक पास्टर रवि सुनार, कार्यक्रम सञ्चालक एल्डर सुमन लुंगेली (चितवन त्रिएक जवान समूह) ले गर्नु भएको थियो ।
करिब १२ घण्टा चलेकाे उक्त प्रतियोगितामा फुटबल स्किल र टेक्निकले सुसज्जित टिमहरु माथि लगातार दबाब, आक्रमक शैली र कुसलता प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेका टिमहरुकाे खेल हेर्न पुगेका खेल प्रेमी तथा चर्चका अगुवाहरु उत्साहित देखिन्थे।
सेमिफाइनलमा राप्ती नगरिए युथ सङ्गति र जीवन ज्योति चर्च ‘बी’ त्यस्तै, बद्राैले निस्सी चर्च ललितपुर र निस्सी एजी चर्च काठमाडौँ बीच आमन्ने सामुन्नेकाे सामना गर्दै आपसी प्रतिस्पर्धाले खेल झनै राेमान्चक र आ-आफ्नो टिमकाे सपाेर्टमा गुन्जिएकाे स्वरहरुले खेलाडीहरुमा थप हाैसला र उत्साह देख्न सकिन्थ्यो । हाेनाहार तथा कडा प्रर्तिस्प्रधीलाई पछाडि पार्दै खेलकाे फाइनल उपाधी भने निस्सी एजी चर्च काठमाडौँले आफ्नो पक्षमा पार्न सफल भए ।
उक्त प्रतियोगितामा विजेताले नगद रु.२५ हजार सहित मेडल, कप, र प्रसंसा पत्र पाउन सफल भएका थिए भने उपविजेताले रु. १५ जित्न सफल भए । त्यसैगरी, वेस्ट किपर समुएल बस्नेत, उत्कृष्ट खेलाडी असाेक तामाङ घाेषित भए । साे प्रतियोगिताकाे डिजाइनर दिपक लम्सालले गरेका थिए ।
फाेटाे फिचर






