बांके/ आफ्नै घरमा पार्किङ गरिराखेका माेटरसाईकल हराउँदा जाे काेही पनि असुरक्षित महसुस गर्छन्।
काेहलपुर ८ पिपिरी स्थित आफ्नो घरमा पार्किङ गरि राखेको भे ८ प ५९९० नम्बरको हाेन्डा कम्पनीकाे सुन्तला रङ्गकाे, १६० सिसिकाे माेटरसाईकल चाेरी भएकाे हाे।
आफ्नो माेटरसाईकल हराएपछि खाेजि कार्यकाे लागि गत असारमा इलाका प्रहरी कार्यलय काेहलपुरमा रिपोर्ट परेको थियो।
प्रहरीले निवेदकले उजुरी हाले पछि लगातार खाेजि कार्यलाई तिव्रपारेपनि फेला पार्न सकेको थिएन। लगातारको खाेजि गर्दा तीन महिना पछि माेटरसाईकल जाजरकोटमा फेलापारि गत साेमवार काेहलपुर इलाका प्रहरी कार्यलयमा ल्याई माेटरसाईकल धनीलाई बुझाएको डिएसपी रवीन्द्र खनालले वताए।
माेटरसाईकल चाेरी गर्ने जाजरकोट भेरी नगरपालिका ८, बुरुङे स्थित ऐ.ऐ का ३८ बर्षे नन्दवीर कामीलाई पक्राउ गरेकाे डिएसपी खनालले जानकारी दिए।





