नेपाली कांग्रेसका नेता नैनसिंह महरले भाइ`रसको नयाँ भेरियन्ट ओमिक्रोनको जो`खिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताउनुभएको छ ।
थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तक्र्रियामा उहाँले मुलुकमा पुनः कोरोनाको जो`खिम बढेकाले बालबालिकालाई त्यसको खत´राबाट बचाउनुपर्नेमा जोड दिनुभएको हो ।
नेता महरले भन्नुभयो, “हामीले १८ वर्ष मुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ । छिमेकीमूलुक भारतमा पनि को`रोना स`ङ्क्रमण तीव्र भएसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ ।
को`रोना महा`मारी नियन्त्रणमा स्वास्थ्य सावधानी र खोप नै सबैभन्दा उत्तम विकल्प भएकाले सरकारले सबैको पहुँचमा हुनेगरी सहजरूपले खोप उपलब्ध गराउन ध्यान दिनुपर्ने तेता महरको भनाइ थियो । ताजा खबर बाट





