प्रेमको अन्तिम थेसिस पत्र ।

एक हातमा फूल अर्को हातमा मैले मेरो मुखारविन्दुबाट भन्न नसकेका शब्दहरुलाई अन्तिम पटक मेरी न्यायाधीश समक्ष पेश गर्ने फाइल त्यो वा अर्को शब्दमा चंखेले बनाएको प्रेम पत्र थियो। अनि बिस्तारै उताबाट मेरी न्यायाधीशको आगमन हुँदै थियो अरु दिनभन्दा आज मलाई डर चाहिँ खुट्टा काम्नेसम्म स्थितिमा पुगेको थिए किन होला भनेको सायद न्यायाधीश अरु नै वकिलको साठघाटको प्रेमको खबर कुनै समाचारदाताले मेरो घरको आँगनसम्म पुर्याएको थियो। उनी उताबाट आउँदै थिन् म भने भानु पार्क डिलमा बसेको थिए। उनी नजिक आइन् अनि भनिन् के छ चंखे जी के छ खबर भनेर हतासिएको मनले ठिक छ भन्दै थियो।

अनि उसको नजिक पर्दै फुल समातेर चिठी राखेर दिँदै थिए मेरो अन्तिम प्रेम प्रस्ताव उही पुरानो अतितको यादमा मेरी न्यायाधीश परेलीलाई ऊ तर्फ धकेलिँदै उसले फुल समातेर मेरो हात समाउँदै सधैँ थिन् म त झसङ्ग भए म मध्य रातको सपना पो देख्दै रहेछु। हतारिएर बत्ती खोलेर पानी पिउँदै थिए मोबाइल हेर्दा मध्य रातको १२:४५ मिनेट पो गएको रहेछ। निन्द्रा नलागेपछि फेसबुकमा खोल्दा एक्कासी मैले सपनामा देखेको न्यायाधीशको त विपनामा ह्याप्पी म्यारिड लाइफ भनेर पो आउँछ।

सपनामा संसारकै सबैभन्दा धेरै खुसी भएको दिन बिपनामा त मलाई ह्याप्पी मरण लाइफ जस्तै भयो। के गरम म विकल्पमा थिएन सायद मर्छु भनम भने सहारा पङ्खा थियो तर विकल्प औचित्य लागेन। मैले याद नै गरेको रहेनछु सिरानीमा झरीले भिजाएको जस्तै सिरानी भिजेको रहेछ। त्यो त सबै पीडा भक्कानिएर मोहन रुपमा आँसुको झरीले पाे भिजेको रहेछ सायद जीवनमा पीडा के हो भनेर सोध्यो भने मलाई कसैले अरु के भन्ने छैन माया के हो भन्ने जुन दिन तिम्रो दिलमा काँडा भिजेर आँखाबाट झरी पर्छ।

त्यो दिने तिमी शेक्सपियरभन्दा पनि पागल मनुष्यको परिभाषा भित्र पीडाको बयान हुनेछ। के भन म के लेखम् म जसलाई भुल्नलाई कैयौँ रात भौलाएको थिए भुल्न सकेको थिएन आज उसकै निधारमा सिन्दुर हालेको देख्दा चङ्खे अर्थात् म आगोले शरीर जलेको भन्दा पनि कयौ तेब्बर पीडामा थिए। मैले उसलाई किन भेटे कसरी भेट भयो त्यो त थाहै छैन। उसलाई नदेख्दा कलेज नआउँदा त म रुने मान्छे उसलाई कसैले नजर लाउँछ भनेर उसकै घर छेउसम्म साँझको झिमझिम साँझसम्म पुर्‍याएर अझै प्रेमको भाका लगाएर याद सम्झिँदै ४५ मिनेटको बाटो हिँडेर म घर पुग्दा मम्मीले किन ढिलो भन्दा मम्मी आज क्लास ढिलो भयो भन्ने ठग्ने म आज जीवनबाटै ठगिएको जस्तै लाग्दै थियो एक दिन होइन कैयौँ दिन उस्तै रुटिन हुन्थ्यो मेरो । बाटोमा उनी रिसाउँदा मैले ख्याल खेलमा आफ्नो टाउकोमा ढुङ्गा हानेको याद आउँथ्यो। यति मात्र के हो र खेतको बीचमा बसेर तीन वर्षमा मात्रसम्म सम्बन्ध जोगिएको भए म तिमीलाई सरकारी डिठ्ठाको श्रीमतीको रुपमा यो जुनीसम्म मेरो जिन्दगीको न्यायाधीश बनाउँछु भनेर चुम्बन गरेको यादले म दाउरा बिनाको खरानी जस्तै भएको थिए। अब जोश आयो ह्याप्पी म्यारिड लाइफ त भन्छु भनेको अनि अन फ्रेन्ड पो रहेछु। अनि सोचे उसको पुरानो आइडीमा गएर मेसेज गर्छु भनेको मैले उसको आफन्त वा उसलाई माया गर्ने मान्छेबाट थर्काएर मैले पासवर्ड चेन्ज गरेपछि आइडी नचलाएको जस्तो लाग्यो। अनि मौन बसेर मोबाइल बन्द गरेर सुत्न खोज्दा फेरि फेरि आँसुको पोखरीले बिहानको ६ बजेसम्म निरन्तर भइरहेको मलाई पत्तै भएन। समय बित्दै गयो हुन नसकेकी न्यायाधीशबाट समुन्द्र पारीबाट फिफ्थ एनिभर्सरी आइरहँदा यो मन अझै पहिलो भ्यालेन्टाइन डे बनाउने तरखरमा छैन।

पुरानो घाउ क्यान्सर हुँदैछ। मैले मलम किनेको छैन सायद यो भन्दा बढी कसलाई आउँछ र प्रेम दिवस। अझै तिम्रो यादको पीएचडी गर्दैछु। परेली एकपटक आँखा खोलेर पढ्न खोज्देउ म तिम्रो नभएपनि तिम्रो यादमा PHd गर्दैछु। परेली थेसिस तिम्रो यादमा लेख्नेछु उही औकातम न पुगेको तिम्रो डुप्लिकेट प्रेमी चंखे।

– शंकर आचार्य/ बिरेन्द्रनगर, सुर्खेत

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button