“सालि माथि” कैलालीमा अर्को काण्ड

धनगढी। कैलालीको गोदावरीमा एक महिला भिनाजुको कुटाइबाट घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका -५ गेटाका गौतम विकले सालीमाथि कुटपिट गरेका हुन्।

३० वर्षीय गौतम विकले २० वर्षीया साली मनसरा विकमाथि कुटपिट गरी घाइते बनाएका र उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

दिदी भिनाजुबीच भइरहेको झगडा मिलाउन खोज्दा मनसरामाथि हातपात गरिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए। मनसरा माथि हातपात गर्ने गौतमलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button