वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा बर्दियामा एकजनाको मृत्यु भएको छ ।

हुलाकी राजमार्गमा पर्ने मधुवन नगरपालिकाको ओराली बजारमा सोमबार स्थानीयहरुले सुरक्षा माग्दै आन्दोलनमा उत्रिएका थिए । साँझपख आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले आन्दोलकारीमाथि अश्रुग्याँस प्रहार गरेको थियो । त्यही क्रममा कक्षा १२ काे परिक्षा दिएर फर्केकी १८ बर्षिय नविना चाैधरी पनि  उक्त प्रदर्शन हेर्न पुगिन्।

उता अश्रुग्याँसले स्थिति नियन्त्रणमा आउन नसकेपछि प्रहरीले चलाएको गोली चलाउन सुरु गरे। गाेलि लागेर दुईजना पुरुष घाइते भए। प्रहरीले लगातार चलाएको गाेली नविनालाई पनि लाग्याे जुन गाेली अन्य घाइते भएकाहरुलाई भन्दा भिन्न ठाउँमा। प्रहरीले हानेको गाेलि नविनाकाे कन्चटमा लागेकाे उनका दाजु प्रकाश चाैधरीले बताए। गाेलि लागेपछि घटनास्थलमै बहिनीको मृत्युु भयाे दाजु प्रकाशले आँसु खसाल्दै भने ‘बहिनीको लास तानेर ल्याउने धेरै प्रयास गरें तर पुलिसले लगातार वरिपरि गाेलि हानिरहे त्यसपछि भागें। मृत्यु हुने नविना मधुवन नगरपालिका वडा नम्बर–२ की १८ वर्षीया नवीना थारु रहेकी छिन् । टाउकोमा गोली लागेर गम्भीर घाइते भएकी उनको उपचारका लागि जिल्ला अस्पताल गुलरिया ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जनाएको छन् ।

सोमबार बिहानमात्र चितुवाको आक्रमणबाट मधुवन–२ छोट्की सोनाहा गाउँकी एक महिला गम्भीर घाइते भएकी थिइन् । त्यसपछि खाता जैविक मार्गलगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै सुरक्षा माग गर्दै स्थानीयहरु सडक आन्दोलनमा उत्रिएका थिए । दिनभरि हुलाकी राजमार्ग अवरुद्ध पारेका स्थानीयहरुलाई साँझपख भने प्रहरीले बल प्रयोग गरेर राजमार्ग खुलाउन खोजेको थियो । सोही क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो ।

स्थानीय कृष्ण परियारले प्रदर्शनकारीलाई हटाएर सडक खुलाउने क्रममा प्रहरीले गोली चलाएको जानकारी दिए । ‘सडक खुलाउने क्रममा दुवै पक्षबीच झडप भएपछि नियन्त्रणको लागि प्रहरीले अश्रुग्याँस र गोली प्रहार गरेको थियो,’ उनले भने, ‘सोही क्रममा गोली लागेर एकजनाको मृत्यु भएको हो ।’

झडपमा परेर ११ जना नेपाल प्रहरी र सातजना सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । वन्यजन्तुको आक्रमण नरोकिएपछि स्थानीय समुदायहरु सडक आन्दोलनमा उत्रिएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिए ।

‘वन्यजन्तुको आक्रमण नरोकिएपछि स्थानीय समुदायहरु सडक आन्दोलनमा उत्रिन बाध्य भएका हुन्,’ उनले भने, ‘खाता क्षेत्रका चितुवा स्थानान्तरण गरिनु पर्ने, वनमा तारजाली गर्नुपर्ने र समुदायको सुरक्षा हुनुपर्ने स्थानीयको माग छ ।’ केही दिनअघि मात्र सोही क्षेत्रमा नै पाटेचितुवाको आक्रमणमा परी मधुवन नगरपालिका–२ की कौसिला पालको मृत्यु भएको थियो ।

भिडियो हेर्नुस् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here