बाँके। मिटर ब्याजकाे काराेबार गर्दै ठगी गर्ने छिमेकीले शारीरिक, मानसिक तथा आर्थिक पिडा दिएको एक महिलाले आफ्नै छिमेकीलाई आराेप लगाएका छन्।

काेहलपुर-११ बस्ने रिता बिकले आफ्नो छिमेकी संग एक लाख रुपैया ऋणमा लिए जस बापत खाली चेक हस्ताक्षर गरेर प्रमाण स्वरुप दिन आग्रह गरेपछि उनले दिएको बताईन्।

ऋण लिएपछि आफुले दुई लाख चालिस हजार नगद तिरिसकेपछि चेक वाउन्स गरेकाे आराेप लगाई ईलाका प्रहरी कार्यलय काेहलपुरमा उजुरी हाली आफुलाई आठ दिन थुनाएकाे पिडित बिकले जनाए। पिडित बिकले उक्त दुई लाख चालिस हजार आराेपितलाई तिरिसकेकाे कागजपत्र प्रमाण स्वरुप केही नबनाएको र आफ्नै छिमेकीले त्याे हद सम्म ठगी गर्ला भन्ने त्यो बेला आफुलाई नलागेको उनकाे भनाइ छ।

उजुरी पछि फेरि  कानुनी प्रकृया अनुसार लिखित कागज बनाई एक लाख सावाँ बुझाएको तर पनि लगातार रुपमा आफुलाई तैंले दिएकाे अरु खालि चेक अझै म संग छ भन्दै धम्की दिई राखेको कारण आफू असुरक्षित महसुस भएपछि नेपाल कम्युनिस्ट पार्टी बहुमत बांके पार्टी कार्यलयमा निवेदन दिएको नेकपा बहुमत बाँकेका संयाेजक कृष्ण शाहले आईतवार पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराए।

उक्त कार्यक्रममा बाेल्दै नेकपा बहुमतका ईन्चार्ज अनन्त क्षेत्रीले भने ‘यस्ता ठगी गर्ने आराेपितलाई प्रक्रियागत रुपमा पिडितलाई क्षतिपूर्ति सहित सहमतिमा नआए पार्टीको नियम अनुसार हामी भाैतिक कारबाही गर्छाैं’।

यसै बीच आराेपित संग यस विषयमा जानकारी लिंदा ‘म मिटर ब्याजकाे काराेबार गर्ने व्यक्ति हाेईन र यदि प्रमाण जुटाएर आएमा आफु कानुन बमोजिम बेहाेर्न तयार रहेकाे छु’ आफू माथि लगाएका सबै आराेपहरु झुट र हाेहल्ला मात्र भएको दाबी समेत गरेका छन्।

मिटर व्याजीलाई सजाय

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २५२ ले आपराधिक विश्वासघात गर्न नहुने र दफा २५३ ले आपराधिक लाभ लिन नहुने व्यवस्था गरेको छ। आफ्नो जिम्मा वा संरक्षणमा रहेको अर्काको सम्पत्ति बेइमानीपूर्वक आफ्नो निमित्त प्रयोग गरेमा वा रुपान्तरण गरेमा वा वेइमानीपूर्वक उपयोग गरेमा वा हक टुटाई अरुलाई दिलाएमा आपराधिक विश्वासघात गरेको ठहरिन्छ। यस्तोमा संस्थाको व्यवस्थापक, कर्मचारीलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना तथा अन्यलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

दफा २५३ ले कुनै व्यक्तिलाई क्षति पुर्याउने डरत्रासमा पारी बेइमानीपूर्वक आफ्नो वा अरु कसैको लागि लाभ उठाएमा वा लाभ उठाउने नियतले कुनै काम गराएमा वा कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको मानिन्छ।

आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अङ्गभङ्ग गर्ने वा गम्भिर चोट पुर्याउने डर वा त्रास देखाएमा सात वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान छ। दफा २५४ मा यस कसूरबाट कसैलाई हानी, नोक्सानी पुगेको रहेछ भने बिगो खुलेकोमा बिगो असुल गरी पीडितलाई भराउने र बिगो नखुलेकोमा पीडितलाई मनासिब क्षतिपूर्ति भराई दिनुपर्ने व्यवस्था छ।

भिडियो हेर्नुस् 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here