बर्दिया/ एकाबिहानै आएको हुरि बतासले गेरुवामा ठुलाे क्षति पुर्याएकाे छ।
बिहीबार बिहान आएको हावाहुरीले गेरुवा गाउँपालिक वडा नम्वर ४ खोनपुरमा मन प्रशाद धितालको घर अगाडिको निमको रुख ढल्दा गेरुवा गाउँपालिका ४ मैनापोखर निवाशि सीता राम चौधरीको यमाह मोटर साइकलमा क्षति पुगेको छ।
साथै मन प्रशाद धितालको घरमा पनी रुखले नोक्सानी भएको हाे। त्यसैगरी राजापुर विधुत वितरण केन्द्र अन्तर्गत कोठियाघाट सडक खण्ड अन्तर्गत शान्तिपुर क्षेत्रमा पोल भाँचिएकाेले मर्मत कार्य भईरहको राजापुर वितरण केन्द्रले जनाएको छ।






