बर्दिया/र्श्री सरस्वती आधारभुत बिद्यालयमा जनप्रतिनिधि तथा विद्यार्थीहरुलाई शुभकामना दिने कार्यक्रम सम्पन्न। गेरुवा ४ जोधिपुरले स्थानिय निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधि गेरुवा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत वडा नम्बर ४ का जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेकाे हाे।
निवर्तमान जनप्रतिनिधिहरुलाई बिदाई तथा आफ्नो बिद्यालयमा नयाँ भर्ना भएका बिद्यार्थिहरुलाइ एक-एक जाेर नयाँ स्कुल ड्रेस वितरण गरेकाे हाे। साथै आफ्नो बिद्यालयबाट कक्षा ८ उतिर्ण भएर गएका बिद्यार्थिहरुलाई बिदाई कार्याक्रम समेत गरेकाछन्।
उक्त कार्यक्रममा अध्यक्षता सोही बिद्यालयका व्यवस्थापन समितीका अध्यक्ष नरेन्द्र पौडेलले र प्रमुख अथिती गेरुवा गाउँपलिकाका अध्यक्ष जमान सिंह र विशिष्ट अथितीमा गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चौधरीले र निवर्तमान उपाध्यक्ष हेमाकुमरी चौधरीले गर्नुभएको थियो।
साथै बिदाइ भएर गएका कक्षा ८ का बिद्यार्थिले सो स्कुललाई सरसफाई को सामाग्री समेत उपहार दिएका छन्।
सो कार्यक्रममा खदा र सम्मान पत्रद्वारा निर्वाचित जनप्रतिनिधिलाई र निबर्तमान जनप्रतिनिधिलाई सम्मान गरेका छन्। नयाँ भर्ना भएका नवआगन्तुक बिद्याध्यर्थीहरुलाई सो कार्यक्रमका प्रमुख अथिति लगाएत बिशिष्ट अतिथिद्रारा नयाँ डेर्स वितरण गरेको हाे।

भिडियो हेर्नुस्





