बाँके इन्टर स्कुल ट्यालेन्ट हन्ट २०२२ काे अडिसन राउण्ड (भिडियो )

बाँके, बाँकेमा टिएफएफ इभेन्ट्सद्वारा आयाेजित इन्टर स्कुल ट्यालेन्ट हन्ट २०२२ शनिबार बाट अडिसन राउन्ड सुरु भएको छ ।
कलाको क्षेत्रमा रुचि भएकाहरुले स्वस्फूर्त रुपमा आफ्नोे प्रतिभा देखाउन पाउने याे प्लाटफर्मकाे लागी आयाेजकले बाँकेको विभिन्न विद्यालयहरुमा आवेदन फर्म वितरण गरेको थियोे। उक्त अडिसन राउन्ड नेपालगन्ज स्थित सि.एस.टि हाेटल एण्ड पार्टी प्यालेसमा भएको हाे ।
बाँकेको विभिन्न विद्यालय बाट आएका एक सय पचास जान विद्यार्थीहरुले आवेदन फारम भरेर कार्यक्रममा सहभागी जनाएका थिए । टिएफएफ का सदस्य क्रिजन पुनका अनुसार यस कार्यक्रमले अवसर प्रदान गर्ने र अन्तरनिहित प्रतिभालाई प्रवर्द्धन गर्ने बताए ।
सदस्य पुनले यस्तो इभेन्ट्सले विद्यार्थीहरुकाे मानसिक सन्तुलन कायम राखी सिक्न सक्ने क्षमता अभिवृद्धि गर्ने दाबी गरे।
शनिबार भएको अडिसन राउन्ड बाट ५० जना, त्यसपछि ३० र १५ जनाको ग्रयाण्ड फिनाले हुने पुनले जानकारी गराए। आजकाे अडिसन राउण्डकाे केही
भिडियाे हेर्नुस् ।




