नेपालगञ्ज । नेपालगञ्जस्थित मेरो प्लानेटको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ का चुन्नु जसगढका छोरा १४ बर्षीय अल्तमस जसगढको साेमबार मध्यान्ह १२ बजे वडा नम्बर १४ स्थित मेरो प्लानेटको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गर्न मेरो प्लानेटका तीन जना कर्मचारीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here