कोहलपुरको न्यू रोडमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । बुधबार बेलुका नेपालगन्ज मेडिकल कलेजको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

न्यू रोडको होटेल अतिथि नजिकैको चोकमा भे१क १२५ नम्बरको बसले भे४प ३२५३ नम्बरको मोटरसाइकल चालकलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ११ एनटिभीका ६० वर्षीय रामबहादुर थापा गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै उद्दार गरेर नजिकै रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि पु¥याइएको थियो । उपचारका लागि पु¥याएको केहीबेरमा नै चिकित्सकले थापालाई मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दक्षिणबाट उत्तरतर्फ गइरहेका थापालाई पूर्वबाट पश्चिमतर्फ गइरहेको नेपालगन्ज मेडिकल कलेजको बसले ठक्कर दिएको थियो ।

बसका चालक बैजनाथ गाउँपालिका– १ का पदमबहादुर बुढा र बसलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । यसबारे थप अनुसन्धान अगाडि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ । बिहीबार बिहान आठ बजे नेपालगन्ज मेडिकल कलेज काेहलपुर प्रशासन र पिडित पक्ष बीच वार्ता हुने पिडित पक्षले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here