क्षितिज/बाँके, काेहलपुर एनटिभी ११ मा बसाेबास गर्दै आएका राम बहादुर थापा एक व्यवसायी थिए। एनटिभी राेडकाे गेट बाट करिब तीन सय मिटर पश्चिम तर्फ उनले किराना पसल सन्चालन गर्दै आईरहेकाे थियो, साथै काेहलपुर- काँकडभिट्टा चल्ने नाईट बसका सवारी धनी पनि थिए उनी।

समाजमा रहँदा बस्दा राम्रो पहिचान, वाेलि व्यवहारले उनको छरछिमेक र व्यवसायीहरु संग घनिष्ट सम्बन्ध तथा थुप्रै मित्रहरू थिए उनको। त्यस्तै, उनी एक इसाई धर्मलम्वी र चर्च काे धर्म गुरु पनि थिए उनी। उनले थियालाेजिमा मास्टर गरेका थिए। उनका सबै परिवार शिक्षित भएकोे उनका छिमेकीहरु बताउँछन्। उनको परिवारमा श्रीमती र दुई छाेरा छन्। जेठा छाेराले कृष्ण मा.वि मा बिज्ञान बिषय पढाउँछन्।

बुधबार साँझ काेहलपुरको अतिथि हाेटल अगाडि दक्षिण तर्फबाट जाँदै गर्दा पुर्व तर्फबाट आउँदै गरेको नेपालगन्ज मेडिकल कलेज काेहलपुर काे बस सँग ठक्कर खाई दुर्घटना हुँदा उनकाे मृत्यु भयो। उक्त घटनाको बिषयमा पिडित पक्षले मेडिकल कलेजको बसहरु काेहलपुर सिटी भित्रकाे आवासीय क्षेत्र भित्रबाट नभई हाईवय हुँदै मेडिकल कलेजको उत्तर गेट बाट गुड्नु पर्ने भनी राखेको माग सदर गरेको हाे।

बिहीबार गरेको उक्त छलफलमा दुर्घटनामा मृत्यु भएको थापाको आफन्तहरु(पिडित पक्ष) काेहलपुर ११ काे जनप्रतिनिधि, इलाका प्रहरी कार्यलकाे डिएसपी एन बहादुर मल्ल, मेडिकल कलेज काेहलपुरका निर्देशक श्याम कुमार शर्मा, प्रमुख प्रशासकीय कुस्माकर वस्याल लगाएतका व्यक्तित्वहरुकाे उपस्थित रहेको थियो।

काेहलपुरकाे आवासीय क्षेत्र भित्र  दिन-प्रतिदिन सवारीसाधनहरुकाे चाप बढिरहेको र विद्यालय समयमा केटाकेटीहरुलाई जाेगाउन मुस्किल पर्दै गएकोले उक्त माग जायज रहेको भन्दै उपस्थिति सबैले समर्थन गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here