काठमाडौँ — मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ जना चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कारबाही गरेको छ । स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही गरिएको हो ।

स्कुल बस चालकलाई कारबाही तथा सचेत गराउने अभियान अन्तर्गत आज बिहान उपत्यकाका विभिन्न स्थानमा जाँच गर्दा १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा नियमानुसार कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सोही क्रममा विभिन्न स्कुलका पाँच वटा चालकहरुले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको पाइएको हो ।

आगामी दिनहरूमा समेत निर्देशिका विपरीत सञ्चालन हुने स्कुलका सवारी साधनहरूलाई कानुन बमोजिम कारवाही गर्ने कार्यलाई निरन्तरता दिइने ट्राफिक प्रहरीले जनाएको छ । कान्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here