काठमाडौं । काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित निर्माणाधीन घरको छैटौं तल्लाबाट खसेर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भारतको विहार घर भई काठमाडौं मनोहरा पेप्सीकोला बस्ने १४ वर्षीय बालक र काठमाडौं घट्टेकुलोकी १४ वर्षीया बालिका रहेका छन् ।

काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार बुधबार (आज) साँझ ६ बजे भएको घटनामा उनीहरुको मृत्यु भएको हो ।

उनीहरुलाई छ तल्लाबाट खसेपछि नयाँबानेश्वरको सिभिल अस्पताल लगिएको भएतापनि चिकित्सकले मृत घोषणा गरेको जानकारी गराइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here