अब दुईपाँग्रे सवारीसाधनमा मोबाइल ‘होल्डर’ अथवा मोबाइल ‘स्ट्यान्ड’ राख्न नपाइने भएको छ । मोटरसाइकल कम्पनीबाट बनेर आएको भन्दा बाहेकपनि पाटपूर्जा परिवर्तन गर्ने थप्ने क्रम बढेको भन्दै महानगरीय ट्राफिक महाशाखाले कडाइ गर्ने भएको हो ।

अहिले राइड शेयर सेवा दिने दुईपाग्रे सवारीसाधनले विभिन्न किसिमका मोबाइल स्ट्यान्ड राख्दै सेवा दिदै आएका छन । प्रहरीले मोबाइल स्ट्यान्डका कारण विकृति बढेको र दुर्घटनापनि बढेको भन्दै कारवाही थालेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले कानुनमा भएको कुरा लागु गरेको बताए ।

‘सवारीसाधन चलाउँदै कम्पनीबाट जडित भएर आएको बाहेक कुनै पनि समान तथा पार्टस् थप्न नपाईने व्यवस्था कानुनमा छ’ भट्टले भने ‘ सोही कानुनलाई हामीले कार्यान्वयनमा ल्याउन खोजेका हौं ।

उनले अब कुनै पनि सवारीमा मोबाइल स्ट्यान्डलगायत स्वरुप परिवर्तन गरेको पाइए २ हजारदेखि २० हजारसम्म कारवाही गरिने बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here