जिल्लामा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ बहादुरसिंह लामा र समानुपातिकतर्फ अर्जुननरसिंह केसीको नाम सिफारिस गरेलगतै क्षेत्रीय सभापति जगतबहादुर तामाङलाई खुँडा हान्नेसम्मको धम्की आएको छ। उनलाई गाउँले सुरज नाम गरेको फेसबुक आईडीबाट यस्तो धम्की आएको हो।
गाउँले सुरज नाम गरेको आइडीबाट लेखिएको छ “भिरमा जाने गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन, जगत लामा तामाङले आफ्नो पदिय हैसियत भन्दा माथी उठेर गुटको निर्णय गर्नु भयो, इतिहास कसैले नभुलुम कि ठेकेदार बहादुर सिंह लामाले पैसा कति दियो। त्यो नि सार्वजनिक गर होईन भने पदको त ख्याल गर एउटा असल छवि त बना नत्र तेरो ज्यानले दुख पाउँछ, बरु जेल आजिवन बस्छु तर यस्तो निर्णय गर्दै गईश भने तलाई खुँडा हानेर जेल बस्न तयार छु ,सबैलाई न्यायोचित ब्यवहार गर्न सिक बुझिस”

नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सभापति जगत तामाङले आफुलाई अर्जुननरसिंह केसिले गुन्डा लगाई खोडा हानि हत्या गर्ने धम्की दिएको बताए। साथै नो नम्बरबाट रातको १२ बजे समेत फोन गरेर धम्की दिएको बताए ।





