झापा । झापा अर्जुनधारा १० का ११ र १७ वर्षका दुई नाबालिका दिदीबहिनीलाई मेचीनगर १२ धाइजनका एक ७३ वर्षीय बृद्ध पुरोहितले यजमान गर्न जाँदा बलात्कार गरेको खुलेको छ ।
त्यस आरोपमा यजमान पेशा गर्ने मेचीनगर १२ धाइजनका कपिलमणि पौडेल प;क्राउ परेका छन् । उनलाई गएराति इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको डिएसपी रुगमबहादुर कुँवरले बताए ।
पीडितमध्ये १७ वर्षकी नाबालिका गर्भवती रहेकी छिन् । उनमा करिब दुई महिनाको गर्भ रहेको बताइएको छ । यजमान पेशा गर्ने पौडेल सोह्र श्राद्ध, पुराणलगायतका कर्मकाण्ड गर्न अर्जुनधारा जाने गरेका थिए । त्यसक्रममा उनले ११ र १७ वर्षका दुई नाबालिका दिदीबहिनीलाई ब,लात्कार गरेको घटना सार्वजनिक भएको हो ।
करिब ६-७ महिनादेखि पौडेलले त्यस्तो कुकर्म गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सम्बन्ध विच्छेदपछि आमा विदेश गएकी र बाबु काम गर्न बाहिर जाँदा ती बा,लिकाहरु मात्र घरमा रहने गरेका थिए । पौडेलसंग उनीहरुको चिनजान रहेको पाइएको डिएसपी कुँवरले बताए ।
पौडेललाई अदालतमा म्याद थप गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसनधान बढाइएको उनले बताए । ती पीडित बालिकाहरुलाई आफन्तको जिम्मा लगाइएको छ ।





