काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मंसिर ४ गतेको निर्वाचनमा परम्पारगत राजनीतिक शक्तिहरु बढारिने बताएका छन्।

 

संसदको अन्तिम बैठकमा बोल्दै उनले युवाहरुको विद्रोहको लहर चलेको भन्दै पुराना नेताहरु बढारिनसक्ने चेतावनी दिए। उनले बालेन र हर्कहरु त त्यसको झिल्को मात्र भएको बताए।

 

‘बालेन र हर्कहरु त्यसैले आएका होइनन्। उनीहरु त युवा पुस्ताका झिल्को मात्र हुन्,’ उनले भने, ‘गाउँठाउँमा त प्रभाव नपर्ला, हाम्रो संगठनको बलमा चुनाव जितिएला। तर सहरी क्षेत्रहरुमा त्यति सहजै चुनाव जित्नेवाला हामी छैनौं। हामी को को बढारिन्छौं म भन्न सक्दिन. मलाई त आत्मविश्वास छैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here