हरि वि.क./बर्दिया, श्री ज्योति बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले हिन्दुहरुको महान् पर्वकाे पावन अबसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
गुलरिया नगरिपालिका वडाँ नं. १ स्थित आइतबार उक्त कार्यक्रम सम्पन्न गरेको हाे। श्रावण २०७९ मा मात्र सुरु गरिएको उक्त सहकारीले निकै राम्रो प्रगती गरिरहेको साे कार्यक्रममा प्रगती विवरण दिने क्रममा सहकारीका अध्यक्ष साथै गुलरिया नगरपालिका वडा नं. १ का भुतपुर्व वडाध्यक्ष प्रताप कुमार गौतमले जनाए। साथै सहकारीको महत्वको बारे पनि उनले प्रष्ट पारे। सहकारीले कसरी समाज निर्माणमा भुमिका खेल्छ र मानिसहरुलाई उद्यमी बनाउन भुमिका खेल्नुपर्छ भन्ने कुरा उहाँले व्याख्या गरेका थिए।
यसैगरी मन्तव्यका क्रममा गुलरिया नगरपालिका-१ का श्री शक्ति माध्यामिक विद्यालयका पुर्व प्रधानाध्यापक साथै श्री ज्योति बहुउद्धेश्यीय संस्थाका कोषाध्यक्ष मिथिलेस कुमार यादवले पनि शहकारीको आयव्यय र प्रगति विवरण सुनाउनुभयो । उनले सहकारीलाई समाज रुपान्तरणमा अगाडी बढाउन सबैले आ–आफ्नो ठाउँबाट भुमिका निभाउन आग्रह पनि गर्नुभयो ।
मन्तव्यका क्रममा कर्णाली विकास वैंक राजापुर बर्दिया शाखाका प्रमुख कृष्ण चन्दले वित्तिय क्षेत्रमा आफ्नो अनुभवबाट एक सहकारीले कसरी काम गर्नु आवस्यक छ भन्ने कुराहरु राख्नुभयो । उक्त कार्यक्रममा करिब ५० जनाको सहभागिता थियो जसमा व्यवस्थापना समिति सदस्यहरु, समाजसेवी र सरोकारवालाहरु सहभागि थिए ।





