‼️ काठमाडौबाट झापाको गौरिगंज आउदै गरेको बस दुर्घटना : २ को मृत्यु ,३३ घाइते ‼️

 

 

 

झापा : काठमाडौंबाट झापाको गौरीगञ्जका लागि छुटेको बस दुर्घटना भएको छ । हिजो आइतबार काठमाडौंबाट गौरीगञ्ज का लागि छुटेको ना ७ क २०३२ नँबरको भावना डिलक्स बस गए राति १२: ३० बजे हेटौडाको चुरियामाई १५ मा ब्रेक फेल भइ दुर्घटना हुँदा २ जनाएको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

 

 

 

मृत्यु हुनेमा मोरङ बेलबारी ८ की कल्पना राजवंशी र दमक क्याम्पस मोड बस्ने ६० वर्षिय पुरुषको मृत्यु भएको कुरा प्रहरीले जनाएको छ । दुर्घटना मा परी गौरीगञ्ज १ का महेश राजवँशी, गौरादह ८ का गौरनाथ राजवँशी लगायत ३३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

 

 

 

अन्य घाईते हरु दमक , अर्जुनधारा तथा मोरङ का बिभिन्न स्थानकाहरु रहेको कुरा जानकारी मा आएको छ । घाईते हरुको चुरिया हिल्स र हेटौडा अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाईतेहरुलाई घर पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here