सुन्दर अनुहार सबैको चाहना हुन्छ । तर विविध कारणले सुन्दर’तामा कमजोरी आउँछ ।
सुन्दर’ता कम’जोर गराउने कारण मध्ये नाक’को बाहिर पटी छालामा देखिने बढी चिल्लो’पना वा स–साना काला वा सेता खिल हुन् । नाकमा चिल्लो वा यस्ता खिल’हरु के कारणले आउछ ? र कसरी आउन नदिने वा हटाउने ? नाक स्वा’स्थ्यका लागि मात्र हैन सौन्द’र्यको लागि पनि महत्व’पूर्ण अंग हो ।
त्यस कारण नाक’को भित्री तथा बाहिरी नाक वरि’परीको छाला भाग स्वस्थ र सफा हुनु पर्छ । नाक वरि’परीको छालामा विशेष गरेर चिल्लो, काला तथा सेता खिल आउने सम’स्या धेरै व्यक्तिमा हुन्छ । खिल’बारे भ्रम हाम्रो समा’जमा नाकमा आउने चिल्लो वा खिल’बारे धेरै भ्रम छ । सानोमा बढी चिल्लो खायो वा लायो भने यस्तो हुन्छ, यस’लाई निचोरेरै हटाउ’न सकिन्छ, भन्ने भ्रम मात्र हो ।
यस कारण नाक वरिपरी छा’लामा चिल्लो वा खिल आउँछ: १३–१४ वर्षदेखि २४–२५ वर्षको समयमा यस्तो समस्या बढी देखा पर्छ । कारण नाक’देखि आँखा तलको भाग’सम्मलाई ‘टि एरीया अफ दि फेस’ भनिन्छ ।नाक’देखि आँखा को मुनि’सम्मको भागमा ‘सिवाई’सेस ग्रन्थी’ हुन्छ । यो ग्रन्थीले शिवम नामक चिल्लो पदा’र्थ उत्पादन गर्छ ।
यस्तो चिल्लो पदार्थ छाला’बाट सजिलै बाहिर जान नसके पछि, काला, सेता खिल’को रुपमा परिणत हुन्छ । सेता खिलहरु छाला भित्रै डण्डिफोर वा साना फोका जस्तै हुन्छ । यो फुट्दैन । तर काला खिल’हरु फुटे’र चिल्लो वा घिउ जस्तो निस्कन्छ । सेता खिलको तुलना’मा काला खिलले कुरु’प हुन्छन् ।
खिल देखा पर्दा गर्नै नहुने कुरा: अधि’कांश मानिस’को बानी हुन्छ, नाक वरिपरी यस्ता खिलहरु आए कोट्याउने, वा निचोर्ने । यस्तो गर्दा छालामा प्वाल पर्नुका साथै खाल्टा–खाल्टा दाग देखिन्छ । इन्फे’क्सन भयो भने कान वरि’परीको भाग दीर्घ’कालिन कुरुप नहोला भन्न सकिन्न । त्यसैले पनि यो बढ्दो उमेर’सँगै ग्रन्थीको प्रभा’वले देखा पर्ने समस्या भएकाले आउँछ, जान्छ । सकभर चलाउनु हुदैन् ।
चिल्लो’पना वा खिल आउन नदिन यसो गर्नुस्: दिनको तीन पटक सफा पानीले मुख धुने । बाहिर हिँड्दा वा दिनको एक प’टक आफ्नो छालालाई सुहाउने गुणस्त’रीय क्रिमको प्र’योग गर्ने । धुवाँ, धुलोबाट आएपछि फेस’वासले मुख सफा गर्ने । बढी नै सम’स्या देखा परे हप्ता’मा एक चोटी स्क्रप लगाएर सफा गर्ने ।
सन्तुलित आ’हारको सेव’न गर्ने । अरुले भनेको भरमा बजारमा पाइने जुन सुकै क्रिमको प्रयोग वा जथाभावी औष’धि सेवन नगर्ने । यदि धेरै सम’स्या आयो भने चिकि’त्सकको सल्लाह बमोजिम आौष’धि सेव’न वा अन्य तरिका अप’नाउनु पर्छ ।





