क्षितिज/धादिङ, प्रचार प्रसारमा सम्बन्धित निकायको ध्यान नजाँदा धादिङको वेनिघाट रोराङ गाउँपालिकामा पर्ने साविकको धुषा  गाविसमा रहेको न्होक गुफा ओझेलमा परिरहेकाे छ ।

 

पृथ्वीराजमार्गको चरौँदी बजारबाट ग्रामीण सडक हुँदै पुगिने न्होक गुफा सुरुङ जस्तो भएकाले स्थानीय चेपाङ भाषामा ‘न्होक’ भनिएको हो ।

पृथ्वी राजमार्गमा पर्ने चरौँदीबाट ६ घण्टा हिँडेर पुग्न सकिने धामवाङ समुन्द्री सतह बाट २ हजार मिटरको उचाईमा रहेको छ। उक्त न्होक गुफाको प्रचारप्रसार र संरक्षण भए पर्यटनको केन्द्र बनाउन सकिने पुर्व नेपाल चेपाङ संघका अध्यक्ष जितेन्द्र चेपाङले बताए।

 

पर्यटकीय विकासका संभावना भएर पनि ओझेलमा परिरहेको न्होक गुफाको प्रचार प्रसार गर्न सहयोग गर्न शान्ति सामुदायिक विकास समूह दुमवाङले गुफा संरक्षण गर्दै आएको छ ।

गुफा भित्र देखिने विभिन्न आकृति र गल्छिमा बगिरहेको पानीको आवाजले यहाँ भित्र प्रवेश गर्ने जो कोहिलाई पनि आकर्षित गर्ने गरेको छ ।

 

गुफाको मुख्य प्रवेशद्धार एउटामात्र भएपनि गुफा भित्र भने अनगिन्ती सुरुङहरु रहेका छन । चुच्चो परेको तिखा सिसा जस्ता ढुङगालाई छल्दै केहि ठाउँमा सावधानी अपनाएर गुफा प्रवेश गर्नुपर्ने अवस्था रहेको छ ।

 

चेपाङ समुदायको जिविकोपार्जन सुधार, स्वास्थ्य तथा सरसफाईका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको संस्था शान्ति नेपालका कार्यक्रम संयोजक इन्द्रमान शाक्य गुफालाई पर्यटकिय आकर्षणको केन्द्र बनाउन सकिने सम्भावना रहेको बताउछन् ।

भिडियो हेर्नुस् ! भिडियो स्राेत :सुशील 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here