बर्दिया/हरि बिक: दि गाम्वीया नामक अफ्रिकी देशमा खोकीको झोल औषधी प्रयोग गरेका कारण ६६ जना बालबालिकाहरुको मृत्यु भएको छ ।

 

उक्त औषधीले बालबालिकाहरुको किड्नीमा असर पारेकाले उनीहरुको मृत्यु भएको कुरा बताइएको छ । यस बिषयमा जानकारी गराउँदै डव्लू एच ओ का वर्तमान् अध्यक्ष डा. टेड्रोसले ट्रवीट गरेर उक्त औषधीको प्रयोग प्रति सजग रहन सबैलाई आग्रह गरेका छन् । उक्त खोकीका औषधीहरु भारतको हरियाणा राज्यमा अवस्थीत माइडेन फार्मास्यूटीकल्स नामक औषधी बनाउने कम्पनीले निर्माण गरेको थियो ।

 

औषधी निर्माण कम्पनीले यस घट्नाप्रति अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको कुरा बिबिसीले बताएको छ । भारतलाई विश्वकै “दवाइखाना” पनि भनेर चिनिन्छ । अफ्रिका भारतले सबैभन्दा बढि औषधीहरु निर्यात गर्ने दोस्रो महादेशमा पर्दछ । यो घट्नाले भारतको औषधीको व्यापारमा निकै ठुलो प्रभाव पार्ने आँकलन गरिएको छ । एजेन्सीको सहयाेगमा।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here