नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा कैलालीबाट चुनाव लड्दै छन्।

सत्ता गठबन्धनकातर्फबाट उनले कैलाली क्षेत्र नम्बर ५ को (ख) बाट उम्मेदवारी दिएका छन्। उनले पहिलो पटक निर्वाचन लड्न धनगढी रोजेका छन्। ३९ वर्षीय प्रकाशले आफू युवाको प्रतिनिधित्व गर्दै निर्वाचनमा उठेको बताए।

 

उनी नेपाली कांग्रेसको महाअधिवेशन प्रतिनिधि हुन्। धनगढीलाई सुन्दर र व्यवस्थित सहर बनाउन र प्रदेश सभामा युवाको अर्थपूर्ण उपस्थितिका लागि निर्वाचन लड्न लागेको उनले बताए। देउवाले धनगढीमा अहिले मतदता भेटघाट कार्य थालेका छन्। यसैबीच डुबानमा परेका धनगढीका स्थानीयले पानी र चिउरा राहत दिनुको सट्टा निकास गरिदिन माग गरेका छन्।

 

मंगलबार डुबानमा परेका बस्तीमा पुगेका सत्ता गठबन्धनका उम्मेदवारसमक्ष स्थानीयले पानी परेको बेला आफूहरूले डुबानको समस्याले सास्ती भोग्नुपरेकोले यस्तो माग गरेका हुन्।

धनगढी उपमहानगरपालिका–३ मित्रनगरकी निर्मला सिंहले डुबानको समस्या हल गर्ने भएपछि अबका उम्मेदवारलाई भोट दिने बताइन्।

‘अहिलेसम्म जिताएकाहरूले डुबानको समस्या हटाएनन्, यो विषयलाई कहिलेपनि गम्भिरतापूर्वक हेरनन्, अब पनि नहेरी भोट नै दिँदैनौं,’ उनले भनिन्।

 

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ख बाट गठबन्धनका साझा उममेदवार बनेका प्रकाश देउवाले वडा र उपमहानगरपालिकाले धनगढीको डुबान हटाउन बजेट नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले योजना बनाएर निकास दिनुपर्ने बताए।

कैलाली ५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डिल्लीराज पन्तले यसअघि आफ्नो पार्टीको सरकार प्रदेशमा नभएर धनगढीको डुबान हटाउने योजनामा बजेट नदिएको बताए। मत माग्न आउने नेताले डुबान हटाउने योजना लिएर आउनुपर्ने धनगढीका स्थानीयहरूको माग छ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here