२०७२ सालमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ।

 

नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया-२ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली-१ मा उम्मेदवारी दिएर निर्वाचित भएका थिए।

 

जिल्ला र उच्च अदालतले दोषी ठहर गरेका चौधरीले डिल्लीबजार कारागारमा बसेर आफूमाथिको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्।

रेशमको उम्मेदवारी खारेज भएपछि उनले उम्मेदवारी दिएको क्षेत्रमा नाराबाजी सुरु भएको छ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here