राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवी लामिछाने प्रतिनिधिसभामा उम्मेदवारी दर्ताका लागि चितवन पुग्नुभएको छ । उहाँले चितवनको क्षेत्र नं. २ रोज्नुभएको छ ।
त्यहाँ उहाँलाई आत्माहत्या दुरुत्साहनको मुद्धा लाग्दा उहाँमाथी षड्यन्त्र भएको र उहाँ निर्दोष भएको भन्दै ठूलो संख्यामा मानिसहरु उपस्थित भएका थिए ।
पछि उहाँ निर्दोष भएको फैसला आएपछि उहाँले सबैलाई बोलाएर आमसभा गरेर नै धन्यवाद दिनुभएको थियो । त्यही माहोल देखेर उहाँले चितवन–२ रोज्नुभयो । तर यो उहाँको कमजोर बुझाईको साबित हुने छ ।
उहाँलाई चितवनको २ नंम्बर क्षेत्रको भूगोल पनि जानकार नभएको देखियो । उहाँले देखेको भरतपुर र नारायणगढ सहर मात्र चितवन २ होइन । सहर पनि एमाले र काङ्ग्रेसको बराबर– बराबरको अवस्थामा मत छ ।
मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत इच्छाकामनाको मौवाखोला देखिको हात्तीवाङ, सिराईचुली, उपरदाङगढी, काउले, कमेरे, लटौली, शक्तिखोर, सिद्धि, मझवाङ, खिर्की, दौतेस, कोलार, सुपार, रन्तेस मात्र हैन कालिकाको सैपाम पनि यही क्षेत्रमा पर्दछ ।
रविको त्यो जुलुस आज त्यही अवस्थामा छैन
रवि निर्दोष भन्दै मुद्धा परेका बेला एउटा जुलुस निस्किएको थियो । तर त्यो जुलुस अब त्यही अवस्थामा छैन । किनकी हिजोका रवि र आजका रविलाई जनताले राम्रोसँग चिनिसकेका छन् ।
तपाईले जितेर हाम्रो क्षेत्रमा गर्ने चाँही के हो ? के तपाईलाई हाम्रो क्षेत्रको साच्चै माया छ त ? माया भएको भए तपाईं यस अगाडि कति पटक माथी उल्लेख गरेको गाउँ पुग्नु भयो, अनि अब जानु हुन्छ ? जस्ता संगीन प्रश्न मतदाताले गरिरहेका छन् ।
यस्तो छ अंकगणित
१, इच्छाकामना गाउँ पालिकाको ७ वटै वडा
२, कालिका नगरपालिकाको ११ वटै वडा
३, भरतपुर महानगरको ९ वटा वडाहरः २९, १, २, ३, ४, ९, १०, ११, १२
जहाँ एमाले र कांग्रेसको उच्च बर्चश्व छ ।





