गोरखा – रूखमा झुन्डिएको अवस्थामा जुम्ल्याहा छाेरा सहित बाबू मृत फेला परेका छन।भीमसेन थापा गाउँपालिका वडा नम्बर -६ स्थित मेरियाटोलका ३४ वर्षिय हेमबहादुर राना र उनका ७ वर्षिय जुम्ल्याहा छोराको शव झुन्डिएको अवस्थामा शनिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएको छ।

 

घरबाट झन्डै डेढ किलोमिटर पश्चिम-दक्षिणमा छोराहरूको शव काप्राको रूखमा एउटै डोरीमा र बुबा हेमबहादुरको शव भने बालकहरू झुन्डिएको रूखभन्दा केही पर अर्को रूखमा फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थल पुगेको प्रहरीले घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रूखमा झुन्ड्याएर हत्या गरी आफूले आत्माहत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेपनि घटनाबारे थप अनुसन्धान भइरहेको र उनी डेढ महिना अघि मात्रै श्रीमती संग सम्बन्ध बिच्छेद गरि दुई छाेरा साथमा लिएर बस्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले बताए।

 

उनिहरुकाे पाेस्टमार्टमका लागि गाेरखा अस्पताल ल्याइएको र घटनाबारे अनुसन्धानका लागि जिल्लाबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टाेलि घटनास्थल तर्फ लागि सकेको प्रहरी उपरीक्षक खनालले बताए।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here